काठमाडौं । नेपाल फ्रेट फरवार्डस एसोसिएसन (नेफा) ले २५ औं कार्गो दिवस मनाएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उपराष्टपति नन्दबहादुर पुनले व्यापार प्रवद्र्धनमा कार्गो व्यवसायीको महŒवपूर्ण भूमिका हुने बताए । देशमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहनु, समुद्री मार्गबाट आउने जाने सामानका लागि भारतको कलकत्ता बन्दरगाह र विशाखापत्तनमको मात्र प्रयोगको बावजुद पनि देशको अर्थतन्त्रमा कार्गो व्यावसायले पु¥याउँदै आएको योगदान प्रशंसनीय रहेको उनको भनाइ छ । नेपाल भूपरिवेष्ठित नेपाल राष्ट्र भएकोले निर्यात तथा आयातका सामानको ढुवानीसँग सम्वन्धित सम्पुर्ण कार्यको अत्यन्तै महŒव रहेको बताए । उनले मल्टिमोडल टान्सपोर्ट सेवा ऐन संशोधन, वेयर हाउजिङ तथा सिएफएसको विकास एवं ऐन तर्जुमा, कार्गो लायविलिटी इन्सुरेन्स ऐन, पानीजहाज दर्ता तथा सञ्चालनसम्बन्धी ऐन तर्जुमा, कर तथा इलेक्ट्रोनिक कार्गो टयाकिङ सिस्टम( इसिटिएस) तथा अन्य समस्या समाधानका लागि सरकार तथा व्यवसायीबीच सहकार्यमा जोड दिएका छन् ।
सरकारले नेपाली कार्गो व्यवसायीको सेवा प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने उनको भनाइ छ । सो अवसरमा उपराष्ट्रपति पुनले नेफाको काठमाडांै कालोपूलस्थित नवनिर्मित सचिवालय भवनको उद्घाटन गरेका थिए । नेफाका अध्यक्ष प्रकाश सिंह कार्कीले मल्टिमोडल ट्रान्सपोर्ट ऐन ऐन तथा नियमावलीमा संसोधन, वयर हाउजिङ, कन्टेनर फ्राइट स्टेसन लगायतको विकास तथा ऐन, कार्गो लिगल लाइवलिटी इन्स्योरेन्स ऐनको तर्जुमा यथाशीघ्र गर्न आग्रह गरे । त्यसैगरी, मुलुकी देवानी (संहिता) ऐन, २०७४ को परिच्छेद ११ को वस्तु ढुवानी करारसम्बन्धी व्यवस्थाको दफा ६०२ को स्पष्टीकरणअनुसार र राजस्व चुहावट नियन्त्रण ऐनअनुसार पनि कार्गो व्यवसाय ढुवानीकत्र्ता नभएकोले उक्त परिभाषाअनुसार कार्गो व्यवसायलाई ढुवानी सेवासरह नबुझिदिन पनि उनले आगह गरे । आर्थिक ऐन २०७६ को प्रावधानअनुसार ढुवानी व्यवसायमा लगाइएको मूल्य अभिवृद्धि कर(भ्याट) र टिडिएसका कारण कार्गो व्यवसायी अन्योलमा रहेको पनि उनले बताए । आन्तरिक राजस्व विभागमा गठित कार्यदलले मुलुकी देवानी (संहिता) ऐनको र राजस्व चुहावट नियन्त्रण ऐनको मर्मअनुसार यथाशीघ्र यथार्थपरक समाधान खोज्नुपर्ने उनको जोड थियो ।
नेपालस्थित भारतीय राजदूत मञ्जीव सिंह पुरीले नेपाल भारतबीचको व्यापारिक सम्बन्ध अझै सहज बनाइने बताए । कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाली लजिष्टिक लागत कम गर्न सरकार प्रयासरत रहेको बताए । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंंघ अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष श्री सतिशकुमार मोर तथा नेफा इण्डियाका अध्यक्षका एस रामकृष्ण राव, नेफाका महासचिव सुन्दरप्रसाद दाहाल लगायतले बोलेका थिए ।
नेफाले नेफा वार्षिक अवार्ड सदस्यतर्फ संघका पूर्व–पदाधिकारी प्रमोदप्रसाद पाण्डेलाई प्रदान गरेको छ । उनले सन् २००७ देखि २०१८ सम्म नेफा कार्यसमितिको विभिन्न पद तथा विभिन्न उपसमितिमा रही कार्गो व्यवसायको प्रवद्र्धनमा महŒवपूर्ण भूमिका खेलेका थिए । त्यस्तै, नेफाले वार्षिक अवार्ड सरकारी÷गैरसरकारी निकायतर्फ नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागका पूर्व–कार्यकारी निर्देशक भीष्मराज ढुंगानालाई प्रदान गरिएको छ भने आर्थिक पत्रकारितातर्पm आर्थिक पत्रकार एवं नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष पुष्पराज आचार्यलाई सर्टिफिकेट अफ एप्रिसिएसन प्रदान गरेको छ । साथै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा लामो समयसम्म कार्यरत रही सेवानिवृत रामबहादुर थापा पनि सम्मानित भएका छन् । एयरलाइन्सतर्पm नेपालबाट सबैभन्दा बढी कार्गो बोक्ने कतार एयरवेज, क्याथे प्यासिफिक कार्गो तथा थाई एयरवेज इन्टरनेशनल पिसिएलले क्रमशः प्रथम, द्वितीय र तृतीय पुरस्कार प्राप्त गरेका छन् । अफ लाईन एयरलाईन्सतर्फ इमिरेट्स स्काइ कार्गोले प्रथम पुरस्कार प्राप्त गरेको छ ।



















