काठमाडौं । गत वैशाखमा सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज नियमित, ग्रेड वृद्धि र आंशिकतर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित गरेको हो ।
बोर्डका अनुसार नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरी कुल चार लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए ।
नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ । नतिजा राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको ww.neb.ntc.net.np वेबसाइटबाट हेर्न सकिने छ ।
यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ ।




















