बालुवाटार जग्गा प्रकरणमा आत्महत्या !

काठमाडौं । मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन खरिदार युक्तप्रसाद श्रेष्ठको अस्वाभाविक मृत्यु भएको छ । आइतबार बालाजुको माछापोखरीस्थित हिमालय सिटी सेन्टरको सातौं तलाबाट खसेर उनको मृत्यु भएको हो । प्रहरीका अनुसार उपचारार्थ पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको लागि भर्ना गरिएलगत्तै मृत्यु भएको हो । श्रेष्ठ बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता प्रकरणमा मुछिएका थिए । उक्त प्रकरणमा अख्तियारले उनको बयान लिएको थियो ।

श्रेष्ठले उक्त प्रकरणको तनावले हाम फालेर ‘आत्महत्या’ गरेको हुनसक्ने अनुमान छ । उनी हाल नेपाली कांग्रेस पर्वतका सचिव थिए । 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रेष्ठको अकल्पनीय दुखद निधनको खबरले स्तब्ध भएको भन्दै ट्वीट गरेका छन् । उनले भनेका छन्, ‘काठमाडौं माछापोखरीमा घरको छतबाट चिप्लिएर आफ्नो जीवन गुमाउन पुगेका श्रेष्ठको निधनले नेपाली कांग्रेसले एक असल संगठनकर्ता गुमाउन पुगेको छ ।’