काठमाडौं । काठमाडौंमा आइतबारदेखि नेपाल–भारत पारहवन सहजीकरण सम्मेलन सुरु भएको छ । नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र मेरिटाइम गेटवे इण्डियाद्वारा संयुक्तरूपमा आयोजित नेपाल–भारत पारवहन सहजीकरण सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत जोड्ने जलमार्गले दुई देशीय व्यापार अझ विस्तार हुने बताएका छन् । नेपाल–भारतबीचको दुई पक्षीय सम्बन्ध भनेको सडक सञ्जाल नै भएकाले सरकार रेलमार्ग र जलमार्गबाट पनि दुई देशलाई जोड्ने काम गरिरहेको बताए । उनले भने, ‘जलमार्ग भनेकै दुई देशीय व्यापारका लागि हुनेछ, नारायणीमा निर्माण हुने जलमार्गबाट आयात–निर्यातमात्र हुनेछ । त्यसले दुई पक्षीय व्यापार अझ विस्तार गर्नेछ ।’ उनले काठमाडौं—वीरगञ्ज रेलमार्ग डिपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको पनि जानकारी गराए । नेपाल विकासशीलबाट विकसित मुलुकतर्फ फड्को मार्ने क्रममा रहेको भन्दै उनले त्यसका लागि भारतसँगको व्यापारको भूमिका महŒवूर्ण हुने बताए । ले नेपालमा ब्यापार बढाउन भारतको सहयोग अति आवश्यक रहेको उनको भनाइ थियो । वर्तमान सरकारले कानुनी, संस्थागत एवं प्रक्रियागत झण्झट हटाई लगानीमैत्री वातावरण तयार पारेको भन्दै ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे । उनले सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐनलगायत ऐन कार्यान्वयनमा रहेको र लगानीकर्ताको सहजीकरणका लागि एकल बिन्दु सेवा केन्द्रसमेत सञ्चालनमा आएको जानकारी गराउँदै भारतलगायत संसारभरका लगानीकर्तालाई लगानीका लागि आग्रह गरेका हुन् । नेपालमा राजनीतिक स्थायित्वसहितको सरकार गठन भएको, आर्थिक विकास र समृद्धि नै सबैको साझा लक्ष्य रहेकाले पनि नेपाल लगानीका उपयुक्त गन्तव्य भएको उनको भनाइ थियो । सडक सञ्जालको विस्तारमा प्रमुख प्राथमिकता दिइएको, रेलमार्ग, जल यातायातका लागिसमेत काम भइरहेको उनले बताए । चुलिँदो व्यापार घाटा न्यूनीकरणका लागि यातायात सञ्जालको विस्तारलाई सरकारले विशेष प्राथमिकता भन्दै विविआइएन, सार्क, बिम्स्टेक जस्ता क्षेत्रीय तथा उपक्षेत्रीय संगठनमार्फत पनि प्रयास गरिरहेको बताए । उनले भारतको विहार र उत्तर प्रदेशका राजमार्ग तथा सहायक मार्गको स्तरोन्नतिका कारण पनि कार्गो आयात तथा यातायातका लागि थप सहज भएको बताए । सन् २०३० सम्म नेपाललाई मध्यस्तरीय आय भएको मुलुकका रूपमा विकास गर्ने गरी सरकारले सोच, नीति तथा कार्यक्रमसमेत अगाडि बढाएको स्पष्ट पार्दै प्रधानमन्त्रीले दिगो विकास लक्ष्यमा समावेश भएका योजनालाई समेत पूरा गर्ने विश्वास दिलाए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कार्गो तथा लजिस्टिकका क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेपाल र भारतले संयुक्तरूपमा काम गरिरहेको बताए भने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्योगी व्यवसायीलाई सहज बनाउने गरी भन्सार परीक्षण तथा अन्य प्रणालीको विकासमा जोड दिइन् । सरकारले सडक सञ्जाल विस्तार, रेलमार्ग तथा जल यातायातसमेत प्राथमिकतामा राखेका कारणले पनि आगामी दिनमा थप सहजता आउने उनको भनाइ थियो । नेपालस्थित भारतीय राजदूत मञ्जीवसिंह पुरीले कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले समृद्ध नेपाल, सुखी नेपाली नारा रहेको नेपालको विकास र समृद्धिका लागि भारत सहयोग गर्न सधैं तयार रहेको बताए । उनले नेपाल भारतको वाणिज्य सम्बन्ध सकरात्मक रहेको भन्दै पेट्रोलियम पाइपलाइन र रेलवेबाट नेपालको आर्थिक विकासमा टेवा पुग्ने बताए । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी उद्घाटन गरेको र केही समयभित्रै विराटनगरमा समेत त्यस्तै चौकी उद्घाटन हुने क्रममा रहेको भन्दै दुई देशको व्यापार तथा वाणिज्यको क्षेत्रमा नयाँ आयाम सुरु भएको बताए । उनले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण सम्पन्न भई सञ्चालनमा समेत आइसकेको र कार्गो तथा अन्य लजिस्टिकका क्षेत्रमा समेत थप सहजता आएको बताए । भारत सरकारका वाणिज्य विशेष सचिव एन शिवशैलानले नेपाल–भारतबीचको व्यापार सम्बन्ध अझ सुधारेर अघि बढ्नुपर्नेमा जोड दिए ।
भर्खरै
नेपाली सुरक्षागार्डको पासपोर्ट नदिने कम्पनीविरुद्ध दूतावास एक्सनमा, PIKM सँग छलफल।
क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास, क्वालालम्पुर र मलेसियाको सुरक्षा उद्योगसँग सम्बन्धित संस्था पेरसातुआन इन्डस्ट्री केसेलामातान मलेसिया (PIKM) बीच नेपाली सुरक्षा गार्डका समस्या तथा पासपोर्ट फिर्तासम्बन्धी...
७५ वर्षको उमेरमा चर्चित बलिउड अभिनेता नाना पाटेकरको निधन।
मुम्बई := भारतीय चलचित्र "बलिउड"का चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उहाँको गोवामा निधन भएको हो। उहाँका...
मलेसियाली जनतालाई महँगीबाट मुक्ति दिलाउन मलेसियाको आगामी बजेट केन्द्रित हुनेः प्रधानमन्त्री अनवर।
क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री तथा अर्थमन्त्री समेत रहेका दातुक सेरी अनवर इब्राहिमले आगामी बजेट २०२७ को मुख्य प्राथमिकता नागरिकहरूको बढ्दो जीवनयापन खर्च र महँगीलाई...
मलेसियामा नेपाली सुरक्षा गार्ड र गार्डको रोजगारी जोगाउन श्रम कूटनीतिक पहल आवश्यक।
क्वालालम्पुर (मलेसिया):= मलेसियाको सुरक्षा क्षेत्र "सेक्युरिटी गार्ड" मा लामो समयदेखि कार्यरत नेपाली सुरक्षा गार्डको रोजगारी अवसर संरक्षण गर्न र नेपाली सुरक्षागार्ड लाई बचाउन नेपाल...
मलेसिया रोजगारीमा काम लागेन बालेनको कुटनैतिक पहल, मलेसियाले आफ्नै नियम लगाउँदै।
क्वालालम्पुर (मलेसिया):= मलेसिया रोजगारीमा देखिएको सिन्डिकेट र बिचौलिया संयन्त्र अन्त्य गर्ने उद्देश्यसहित प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अघि बढाएको कूटनीतिक प्रयास प्रभावहीन हुने संकेत देखिएको...
लोकप्रिय
मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो
मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...
मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।
मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...
मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !
क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...
मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...
मलेसियामा नेपाली युवा कुटिए
मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...


















