काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।
आज बस्ने भनिएको बैठक प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षणका कारण स्थगित गर्न परेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
स्कूल विभागसहित ३२ वटा केन्द्रीय विभागको नेतृत्वबारे छलफल गर्न नेकपाको सचिवालय बैठक आज बोलाईएको थियो । केन्द्रीय विभावको नेतृत्वमध्ये स्कुल विभाग कस्लाई दिने कुरा नमिले पछि पार्टी एकिकरणको बाँकि काम पूरा हुन सकेको छैन ।
स्कूल विभागको नेतृत्व कस्लाई दिनेभन्नेबारे भोेलीको बैठक केन्द्रित हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा स्कूल विभागसहित ३२ वटा केन्द्रीय विभागसहित जनसंगठनका इञ्चार्जहरुको बारेमा छलफल हुनेछ ।




















