सय करोडको रफ्तारमा ‘सुपर ३०’

मुम्बई । बलिउड चलचित्र ‘सुपर ३०’ले भारतीय बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । अभिनेता ऋतिक रोशन अभिनित यो चलचित्र प्रदर्शनको तेस्रो दिनमा नै ५० करोड कमाएको थियो भने अहिले दोस्रो सातामा सय करोडको रफ्तारमा छ । पटनाका गणितिज्ञ आनन्द कुमारको जीवनीमा आधारित ‘सुपर ३०’ लाई दर्शक र समीक्षकको सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । भारतीय ट्रेन्ड एनालिस्ट तरण आदर्शले ट्विटरमार्फत सुपर ३० को बक्स अफिस कलेक्सन सार्वजनिक गरेका छन् । ‘सुपर ३०’ ले शुक्रबार ४ करोड ५१ लाख ग्रस कलेक्सन गरेको थियो भने शनिबार ८ करोड ५३ लाख कलेक्सन गरेको छ। यो फिल्मले भारतीय बक्स अफिसमा ८८ करोड ९० लाख ग्रस कलेक्सन गरिसकेको छ । विकास बहलले निर्देशन गरेको यो चलचित्रमा ऋतिकसँगै मृणाल ठाकुर, पंकज त्रिपाठी, अमित साध लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।