‘कबिर सिंह’ यस वर्षको सर्वाधिक कमाउने फिल्म

मुम्बई (एजेन्सी) । बलिउड चलचित्र ‘कबिर सिंह’ यस वर्ष (सन् २०१९)कै सर्वाधिक कमाउने फिल्मको लिस्टमा परेको छ । शाहिद कपुर स्टारर हिन्दी फिल्म ‘कबिर सिंह’ले महिलाप्रतिको पूर्वाग्रहको विषयलाई उठाएको भन्दै रिलिजको शुरुमा धेरै विवाद खेपेको थियो तर विवादका बाबजुद पनि चलचित्र हेर्ने दर्शकको संख्या बढिरहेको छ । 

गत २१ जुनबाट प्रदर्शनमा आएको यो चलचित्रले एक महिनामा भारतमा मात्रै २६६.६२ करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो कलेक्सन यस वर्ष रिलिज भएका चलचित्रमध्ये ‘कबिर सिंह’ सर्वाधिक कमाइ गरेको सलमान खानको ‘भारत’ विकी कौशलको ‘उरीः द सर्जिकल स्ट्राइक’लाई पछि पारेको हो । 

ट्रेड एनालासिष्ट तरण आदर्शले चलचित्रले एक महिनाको कलेक्सनसँगै हरेक हप्ताको कमाइको जानकारी दिँदै ट्विट गरेका छन् । उनले बल्कवष्टर फिल्म भनेर पनि लेखेका छन् । भारतको बक्स अफिस रिर्पोटअनुसार फिल्म उरी ः द सर्जिकल स्ट्राइकको एक महिनाको कमाई २४५ करोड थियो । सलमानको ‘भारत’ले २१० करोड कमाउन सफल बनेको थियो ।

सन्दिप भांगा रेड्डीले निर्देशन गरेको ‘कबिर सिंह’, उनकै निर्देशनमा २०१७ मा बनेको टेलगु फिल्म अर्जुन रेड्डीको हिन्दी रिमेक हो ।