काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् ।
लामालाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दियो ।
काठमाडौं, भक्तपुर तथा ललितपुरको इन्चार्ज रहेका उनलाई नेकपाको यस क्षेत्रको प्रभावशाली नेताको रुपमा लिइन्छ।



















