साम्राज्ञीको बिकिनी सुट

काठमाडौं । नेपाली नायिकाहरू नेपालबाहिर हुँदा खुलेरै तस्वीर खिच्ने गर्छन् अर्थात् नेपालबाहिर पुगेका अधिकांश नायिकाहरू समुद्र किनारमा पुगेर तस्वीर लिन भ्याएकै हुन्छन् । त्यो बिकिनीमा मस्ती मुडमा । 

यस्तै पछिल्लो समयकी नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि समुद्री किनारमा पुगेर बिकिनी सुट गरेकी छन् । चलचित्र ‘मारुनी’ र ‘रातो टीका निधारमा’को छायांकन सकेर फुर्सदमा बसेकी साम्राज्ञीले बिहीबार आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा मस्ती मुडमा रहेको फोटो सार्वजनिक गरिन् । हाल इन्डोनेशियाको बालीमा पुगेकी उनी समुद्रु किनारमा रातो विकिनीमा मस्ती मुडमा देखिएकी हुन् । समुद्री किनारामा रातो विकिनीमा उनी निकै बोल्ड देखिएकी छन् । 

यस्तै समुद्री किनार अथवा स्विमिङ पुलमा पुगेर बिकिनी तस्वीर बेलाबेलामा खिचाउने नायिकामा प्रियंका कार्की पनि पर्छिन् । उनी पनि तस्वीर खिचाउँदै मज्जैले खुल्ने गरेको पाइन्छ ।