सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति रातिनै तोडफोड

रुपन्देही । बुटवल बेलहिया सडक खण्डको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति गए राती तोडफोड भएका छन् ।

नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तरर्गत तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि मंगलापुर सम्म बुद्धका मुर्ति राखिएका थिए । गत बैसाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन बन तथा बातावरणमन्त्रि लिला गिरीले बुद्धमुर्ति अनावरण गरेका थिए ।

सडकको मेडिएनमा राखिएका बुद्धमुर्ति मध्ये गएराति शंकरनगर चोक देखि नयाँ मिल सम्मका ४ वटा मुर्ति क्षतबिक्षत हुने गरी फुटाईएको छ । उक्त मुर्तिहरु कसले र किन फुटाल्यो भन्ने अहिले सम्म खुलेको छैन ।