काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्गे्रस र कम्युनिष्टप्रति जनताको मोह भङ्ग हुँदै गएको बताए । यहाँ आज आयोजित कार्यक्रममा उनले आफ्नो पार्टीले अघि सारेका मुद्दाप्रति जनता सहमत हुँदै गएको बताए ।
मुलुकको पछिल्लो तरल राजनीतिक अवस्थामा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति देशले खोजिरहेको उल्लेख गर्दै अध्यक्ष थापाले गरीबी र बेरोजगारीका बाबजुद भ्रष्टाचार महारोगका रुपमा पछिल्लो समय देखिएको बताए । बिपीको विचार बोक्दा खुशी हुनुपर्नेमा उल्टो पीडा र छटपटी हुनु विडम्वना भएको उनको भनाइ थियो ।



















