पाकिस्तानी सेनाको बजेटमा कटौती

इस्लामावाद । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानी सेनाले आप्mनो खर्चमा कटौतीको घोषणा गरेको छ । पाकिस्तानी सेनाले आगामी आर्थिक वर्षकालागि आप्mनो रक्षा बजेट कटौतीका लागि बाध्य हुनुपरेको बीबीसीले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सेनाको यो निर्णयको स्वागत गरेका छन् । 

प्रधानमन्त्री इमरान खानले ट्वीट गर्दै भनेका छन्, ‘कैयौं सुरक्षा चुनौतीका बाबजुद आर्थिक संटकको घडीमा सेनाका तर्फबाट खर्च कटौती गर्ने निर्णयको स्वागत गर्छु । हामी यसरी बचाएको रुपैयाँलाई बलुचिस्तान र कबायली इलाकामा खर्च गर्छौं ।’ पाकिस्तानी सेनाको यो निर्णयको प्रधानमन्त्री इमरान खानले ट्वीटमार्फत जानकारी दिएका हुन् । 

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पनि ट्वीट गर्दै भनेका छन्, ‘एक वर्षका लागि सेनाको रक्षा बजेटमा कटौतीले देशको सुरक्षामा कुनै असर पर्दैन । हामी सबै प्रकारका खतरलाई असरदार तरिकाले जवाफ दिन्छौं । बलुचिस्तान र ट्राइबल इलाकाको राम्रोका लागि यो आवश्यक कदम हो ।’ पाकिस्तानी पत्रिका द ट्रिब्युनको समाचार अनुसार आगामी आर्थिक वर्षमा रक्षा बजेट करिब १ दशमलव २७० ट्रिलियन राख्ने अनुमान छ । यो गत वर्षको बजेटभन्दा १७० अर्ब धेरै हो । यो बजेटमा पूर्वसैनिकको पेन्सन, रणनीतिक खर्च र स्पेसल सैन्य व्याकेजमा हुने खर्च हो ।

आगामी आर्थिक वर्षका लागि पाकिस्तानको कुल बजेट करिव ६ दशमलव ८ ट्रिलियन हुने अनुमान छ । आगामी आर्थिक वर्षमा रक्षा खर्च करिव १ दशमलव ९ ट्रिलियन हुने अनुमान छ । पाकिस्तानी सेनाले आप्mनो खर्चमा स्वयं कटौती गर्ने निर्णयलाई सञ्चारमाध्यमले स्वागत गरेका छन् । स्कटहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको रिपोर्ट अनसार २०१८ मा पाकिस्तानको कुल सैन्य खर्च ११ दशमलव ४ अबर डलर थियो । 

त्यो खर्च पाकिस्तानको कुल जिडिपीको चार प्रतिशत बराबर हो । २०१८ मा भारतको सैन्य खर्च करिव ६६ दशमलव ५ अर्ब डलर थियो ।  ६ सय ४९ अर्ब डलरसहित अमेरिका पहिलो स्थानमा छ । केही समय पहिला पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफबाट ६ अर्ब डलर सहायता हासिल गर्न सफल भएको थियो । 

१९८० पछि पाकिस्तानका लागि आइएमएफको यो १३औं बेलआउट प्याकेज थियो । यो ऋण पाकिस्तानलाई तीन वर्षका लागि प्राप्त हुन लागेको हो । यद्यपि, यो सम्झौतामा बोर्ड अफ डाइरेक्टर्सको हस्ताक्षर हुन बाँकी छ । पाकिस्तानको अर्थ व्यवस्थाको मुख्य समस्या भनेको कुनै पनि विदेशी लगानी नआउनु हो । पाकिस्तानमा आर्थिक वर्ष २०१८ मा मात्र २ दशमलव ६७ अर्ब डलरको लगानी आएको थियो । जबकि, व्यापार घाटा १८ अर्ब डरल छ ।