दाहालको प्रस्टीकरण–मेरो कुरा प्रधानमन्त्रीले बुझ्नुभएको छ

प्रदेश नाम जातीय पहिचानअनुसार

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आपूm र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीबीच सरकारको नेतृत्व पालैपालो गर्ने सम्बन्धमा भएको सहमति नौलो नरहेको बताए । उनले आफूले यसबारे पहिलोपटक टिप्पणी नगरेको स्मरण गराउँदै यो विषयलाई धेरै तन्काइरहन आवश्यक नरहेको पनि प्रस्ट पारे ।

विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै दाहालले सैद्धान्तिक र व्यावहारिक प्रतिबद्धताअनुसार आपूmसहित सिंगो पार्टीपंक्ति अगाडि बढ्ने बताए । पार्टीभित्र विगतमा भएको सहमति कार्यान्वयनबाटै अगाडि बढ्नेमा कुनै विवाद नरहेको उनको भनाइ थियो । ‘मैले नयाँ कुरा गरेको होइन, पहिल्यै आएको कुरा बोलेको छु,’ उनले भने, ‘पहिलोपटक बोलेको पनि होइन । विगतको सहमति कार्यान्वयन गरिन्छ ।’

सरकार परिवर्तन हुने वा नहुने भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले प्रस्ट जवाफ नदिए पनि विगतको सैद्धान्तिक र व्यावहारिक प्रतिबद्धताअनुसार पार्टी अगाडि बढ्ने बताए । उनले भने, ‘सैद्धान्तिक र व्यावहारिक प्रतिबद्धताअनुसार हामी अगाडि बढ्छौं । म पार्टीका नेता कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई अनावश्यक बहसको विषय नबनाउन आग्रह गर्छु । अनावश्यक धु्रवीकरण गर्न जरुरी छैन ।’

आपूmले विगतमा भएको सहमतिको स्मरण गर्दा ठूलो प्रचार भएको उनको भनाइ थियो । ‘पार्टी एकताका बेला भएका सहमतिलाई स्मरण गरेको छु । प्रचार गर्नुपर्ने विषय बोलेको छैन,’ उनले भने, ‘केहीले प्रचार गर्ने, हल्ला गर्ने विषय बोलेको छैन । मेरो कुरा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले राम्रोसँग बुभ्mनुभएको छ ।’

फरक प्रसंगमा अध्यक्ष दाहालले भारतमा जुनसुकै व्यक्ति विदेशमन्त्री भए पनि त्यसले कुनै असर नगर्ने बताए । उनले भने, ‘भारतले नाकाबन्दीपछि राम्रोसँग बुझेको छ, भारतले पनि शिक्षा लिइसकेको छ । प्रधानमन्त्री मोदीले पनि शिक्षा लिइसक्नुभएको छ । विदेशमन्त्री को भयो भन्ने कुराले नेपालमा खासै अर्थ राख्दैन । नेपालले पनि सम्बन्ध राम्रो बनाउनुपर्छ ।’

उनले पार्टीलाई एकढिक्का र सुदृढ बनाउने कार्यमा दुवै अध्यक्ष लागिरहेकाले नेता, कार्यकर्ता, शुभेच्छुक र जनतालाई अनावश्यकरूपमा विभाजित नहुन आग्रह गरे । पार्टी एकता सैद्धान्तिक र व्यावहारिक भएको बताउँदै यसबाट पार्टी अझ सुदृढ हुने उनले प्रस्ट पारे ।

प्रदेश नाम जातीय पहिचानअनुसार

यसैबीच, नेकपा अध्यक्ष दाहालले प्रदेश–१ को नामकरण जातीय पहिचानअनुसार हुनुपर्ने मान्यतामा आफू रहेको बताएका छन् । शनिबार नै साकेला पर्वका अवसरमा किरात राई यायोक्खाद्वारा सुनसरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले किरात बाहुल्य यस प्रदेशको नामाकरणमा किरात समुदायको ऐतिहासिक महŒव, प्राचीन सभ्यतासमेतको सम्मान हुनेगरी प्रदेशको नामाकरण गर्ने दिशामा राजनीतिक सहमति कायम हुनुपर्ने बताए ।

‘मेरो इतिहास, मेरो आन्दोलन, मैलै गरेको लडाइँ हेर्दा मैले के चाहन्छु भनेर भनिरहनुपर्छ र ?,’ कार्यक्रममा सहभागी किरात समुदायलाई सम्बोधन गर्दै उनले भने, ‘यो प्रदेशको नामाकरणमा तपार्इंहरूको भावना, इतिहासलाई स्थापित गर्नै पर्दछ ।’

जातीय पहिचानका उग्रविरोधी शासकले पनि किरातलाई पन्छाउन नसकेको जिकिर गर्दै उनले भने, ‘उनीहरूले वल्लो किरात, पल्लो किरात र माझ किरात भन्नै प¥यो । हामी पृथ्वीनारायण शाहभन्दा पछाडि फर्केर किरातको इतिहास हटाउन सक्छौं र ?’ उनले सबै कुरा राजनीतिक नेतृत्वले नै सम्बोधन गरिहाल्छ नि भनेर ढुक्क भएर नबस्न आग्रहसमेत गरे । राजनीतिक नेतृत्वलाई बेलाबखत खबरदारी गरिरहनुपर्ने उनको भनाइ थियो ।