नेपालको क्रिकेट प्रशिक्षकमा पटवाल नियुक्त हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भारतीय क्रिकेट प्रशिक्षक ४६ बर्षीय उमेश पटवाल हुने भएका छन् । 

दक्षिण एसियाली खेलकुद (साग)लाई केन्द्रित गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटवाललाई एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिन लागेको हो । 

राखेपले पटवालसँग आज अनुबन्ध सम्झौता गर्ने कार्यक्रम रहेको छ । 

पटवालले मासिक ७ हजार डलर पारिश्रमिक पाउने स्रोतले बताएको छ । 

सन् २०१० मा अफगानिस्तान टिमको ब्याटिङ सहयोगी रहेका पटवाल २०१४ को एसिया कप, टी–२० विश्वकप र २०१५ को विश्वकपमा ब्याटिङ प्रशिक्षक थिए ।