काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘लोकतन्त्रविरोधी’ सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार काठमाडौंमा गरेको अन्तरक्रियामा देउवाले वर्तमान सरकार चरणबद्ध ढंगले लोकतन्त्रविरोधी गतिविधिमा लागिरहेको आरोप लगाए ।
संविधानले प्रदेशमा दिएको अधिकार समेत सरकारले खोस्न खोजेको उनको आरोप थियो ।
ओली सरकार अधिनायकवादी भए अर्को आन्दोलन गर्नुपर्ने अवस्था आउने भन्दै कांग्रेस सभापति देउवाले त्यसका लागि कार्यकर्तालाई तयार रहन निर्देशन दिए ।
सरकारले संघीयतालाई अपमान र बेवास्ता गरेर बजेट ल्याएको देउवाको आरोप थियो ।



















