काठमाडौं । नवलपुरको देवचुली नगरपालिकाका हुरीपीडितलाई चौधरी फाउण्डेशनले एक सय बण्डल जस्तापाता सहयोग गरेको छ । नेपाली कांग्रेसका सांसद एवं चौधरी फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले आफ्नो जिल्लामा हुरी र असिनापानीले व्यापक क्षति पु¥याएलगत्तै सहयोग उपलब्ध गराएका हुन् । यही जेठ ७ र ८ गतेको हुरी तथा असिनापानीले नवलपरासीको नवलपुरका दुई सयभन्दा धेरै घरको छानो उडाएको थियो ।
‘नवलपुरमा आएको हुरी तथा असिनापानीले आमनागरिकमा पु¥याएको असरबाट मर्माहत भएको छु । नवलपुरका बासिन्दा र यहाँहरूको जनप्रतिनिधिका हैसियतले यस दुःखद् घडीमा म यहाँहरूको साथमै रहेको छु,’ सांसद चौधरीले नवलपुरवासीलाई सन्देश पठाउँदै भनेका छन्, ‘यो दुःख तपाईंहरूको मात्रै नभएर मेरो पनि हो । हामी सबै मिलेर यसको सामना गर्नेछौं ।’
बिहीबार चौधरी फाउण्डेशनले देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठलाई जस्तापाता हस्तान्तरण गरेको हो । नगरपालिकाको अध्ययन टोलीले हुरीपीडितका लागि तत्काल सबैभन्दा आवश्यकता जस्तापाताको रहेको सुझाब दिएपछि सांसद चौधरीले तत्कालै जस्तापाताको व्यवस्था मिलाएका हुन् ।
पीडितमध्ये पनि आर्थिकरूपमा विपन्न र सर्वाधिक प्रभावित परिवारलाई उच्च प्राथमिकतामा राखेर सहयोग गर्ने व्यवस्था मिलाएको जनाइएको छ । सांसद चौधरीले उपलब्ध गराएको जस्तापाता करिब १० लाख रुपैया“बराबरको छ । हावाहुरीले देवचुली नगरपालिकाका सीतावास, रामबास, मुण्डे, विशालटार र लक्ष्मीपुर क्षेत्रका घर, गोठका छानो उडाएको थियो । पीडितहरू चर्को गर्मी र हुरीबतासका बीच खुला आकाशमा बस्नुपर्ने अवस्था छ । असिनापानीले खाद्यान्न, लत्ताकपडासमेत भिजेर क्षति भएको छ ।
जस्तापाता हस्तान्तरणका अवसरमा देवचुली नरपालिकाका प्रमुख श्रेष्ठले सांसद एवं देशकै वरिष्ठ उद्योगपति चौधरीले आफ्नो जिल्लावासीका लागि अभिभावकको जिम्मेवारी निर्वाह गरेको बताए । ‘सांसद विनोद चौधरी नवलपुरवासीको सुखदुःखमा हामीस“गै पाउ“दा हामीलाई निकै उत्साह मिलेको छ,’ उनले भने, ‘नवलपुरमा सिजी इन्डस्ट्रियल पार्क रहनुले हाम्रा लागि धेरै योगदान पुगेको छ । हामी समस्यामा पर्दा सिजी साथी बन्दै आएको छ ।’ वडा नम्बर ७ का अध्यक्ष भुपराज पाठकले पीडित सर्वसाधरणलाई जस्तापाता उपलब्ध गराएर सांसद चौधरीले नवलपुरवासीप्रति जिम्मेवारी बोध गरेको सन्देश दिएको बताए ।




















