ललितपुर । संस्कृतिविद्, शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेट गरेकी छन् । शुक्रबार ललितपुरको बखुम्बहालस्थित जोशीको निवासमै पुगेर भेट गरेकी हुन् ।
सय वर्षको जीवनयात्रामा रहेका जोशी र चिनियाँ राजदूतबीच झण्डै ४५ मिनेट भलाकुसारी भएको थियो । भेटका क्रममा राजदूत यान्छीले जोशीको सुस्वास्थ्य एवं दीर्घजीवनको कामना गरिन् । भेटमा जोशीले अरनिकोको बारेमा आफूले लेखेका कृति, अरनिको र नेपाल–चीन सम्बन्ध बारेमा चिनियाँ राजदूतलाई जानकारीसमेत गराए । जोशीले चिनियाँ साहित्यमा आफूले गरेका अध्ययन, अनुसन्धानका विषयमा समेत जानकारी गराएका थिए ।
राजदूत यान्छीले चिनियाँ राजदूतले जोशीलाई चीन भ्रमणका लागि प्रस्तावसमेत गरेकी थिइन् । जोशीले आप्mनो स्वास्थ्य अवस्था र उमेरका कारण भ्रमणका लागि असमर्थ रहेको बताए । राजदूत यान्छीले जोशीलाई दीर्घजीवन र सुस्वास्थ्यको कामना मायाको चिनो प्रदान गरिन् । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मछिन्द्रनाथको रथ प्रदान गरे । जोशीसँगको भेटमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, ललितपुर महानगरका प्रवक्ता राजु महर्जन, वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जन, उद्योग वाणिज्य संघ ललितपुरका पूर्वअध्यक्ष अजरमान जोशीलगायतको उपस्थिति थियो ।




















