प्रम ओली र भियतनामी राष्ट्रियसभाका अध्यक्षबीच भेट

 भियतनाम । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामको राष्ट्रियसभाका अध्यक्ष न्गुऐन थि किम नागनबीच शनिबार संसद् भवनमा भेटघाट भएको छ । उनीहरुबीच समसामयीक राजनीतिक, सामाजिक, आर्थिक र दुवै देशको संसदीय मामिला विषयमा छलफल भएको थियो । 

सो अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष नागानलाई गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा भ्रमणका लागि  अनुरोध गरे ।