विदेशी डाक्टरको नेपाल प्रेम

ललितपुरस्थित पाटन अस्पताल आउजाउ गर्दा ती विदेशी डाक्टरलाई धेरै पटक देखेकी थिएँ । उनी आफ्नै सुरमा हिँडिराखेका हुन्थे । मेरो मनमा अनेक प्रश्न उठ्थे । कुन देशका होलान् ¤ धेरैजसो नेपाली विदेश गएर रमाउन खोजिरहेका बेला यिनी नेपालमा कसरी रमाइरहेका होलान् ¤ मनभरी यस्तै यस्तै जिज्ञासा उठ्थे । केही दिनअघि बिरामी आफन्त भेट्न अस्पतालतिर पस्दै गर्दा डा. पवन शर्मा भेटिए । उनको हातमा साइकल चढ्नेले लगाउने टोपी थियो । सामान्य भलाकुसारीपछि मैले साइकल चढ्ने डाक्टरको रूपमा उनकै ‘फिचर स्टोरी’ लेख्ने सोचेँ र उनलाई प्रस्ताव राखेँ । उनी साइकल चलाउँछन् । डाक्टर पवनले अर्कैको नाम लिँदै भने, ‘तपाईंको लागि गज्जबको पात्र डा. मार्क हुनुहुन्छ ।’ डा. मार्कलाई भेट्न तीनपटक पाटन अस्पतालको मेडिकल वार्ड पुगेँ । चौथो पटकमा उनलाई भेट्ने अवसर मिल्यो । 

कर्मभूमि नेपाल 

डा. मार्क जिमरम्यान अमेरिकामा जन्मिए । तर, उनको कर्मभूमि नेपाल बन्यो । उनी नेपाललाई आफ्नो दोस्रो घर भन्छन् । आजभन्दा ३३ वर्षअघि उनी स्वयम्सेवक चिकित्सकका रूपमा नेपाल भित्रिएका हुन् । त्यति बेला उनी करिब ६ महिनाका लागि नेपाल आएका थिए । दिन बित्दै जाँदा उनको नेपाल बसाइ लम्बिँदै गयो । उनको मन नेपालमै भुलियो । उनले नेपाललाई कर्मभूमि माने । 

यसो हुनुको मुख्य कारण थियो– नेपालको बसाइले दिएको आत्मसन्तुष्टि, नेपालीको सहज व्यवहार र नेपालीको मायालु बोली । डा. मार्कले छोटोमा भने, ‘नेपालीको मनसँग मेरो मन मिल्यो ।’ 

यहाँ बस्दा सन्तुष्टिमात्रै प्राप्त भएन, नेपालको स्वास्थ्य क्षेत्रमा केही काम गर्ने इच्छा जागृत भयो । नेपालमा बसेर यहाँको स्वास्थ्य क्षेत्रमा अमेरिकामा भन्दा धेरै काम गर्न सकिने देखे मार्कले । आफ्नो सेवा धेरै नेपालीका लागि आवश्यक रहेको ठाने । नेपालबाट उनको मन टाढा जान मानेन अनि जन्मभूमि नै फर्केनन् । 

मार्क अहिले पाटन अस्पतालमा सिनियर कन्सल्ट्यान्ट चिकित्सकका रूपमा कार्यरत छन् । नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्न इच्छुक उनी नेपाल आएको केही महिनामै नेपालीसँग भावनात्मकरूपमा नजिक भए । ६ महिनाबाट एक वर्ष, एकबाट दुई हुँदै धेरै वर्ष बित्यो नेपालमा । आजसम्ममा ३३ वर्ष भइसक्यो । भन्छन्, ‘नेपालीको प्रत्येक बोलीले म प्रभावित भएँ ।’ 

यी डाक्टरले बिरामीलाई उपचार गरेर जीवन दिए भन्दै प्रशंसा गरेको डा. मार्कले धेरै सुनेका छन् । यसमा उनी विमति राख्दैनन् । बिरामीबाट आफूले जीवनको सबैभन्दा ठूलो कुरा सिकेको बताउँछन् उनी । त्यो हो– खुशी । खुशी सफल जीवनको आधार भएको निक्र्यौल छ उनको । रोगले च्यापेर अस्पताल आएको बिरामी जब निको भएर फर्किर्ने तयारीमा हुन्छ, त्यो क्षणले दिने खुशीसँग तुलना गर्ने अर्को खुशी आजसम्म उनले भेटेकै छैनन् । उनलाई लागेको छ– शायद यो भन्दा ठूलो अर्को खुशी म भेट्दिनँ । बिरामीले दिएको यो खुशीसँग उनी बिछट्टै सन्तुष्ट छन् । उनले नेपालमा मिलनसार साथीहरू भेटे । रमाइलो वातावरण पाए । उनलाई नेपाल बसेर आफू साहसी भएको जस्तो लागेको छ । हिरो नभए पनि कुनै फिल्ममा खेल्दैछु जस्तो अनुभव भएको छ रे उनलाई । 

डा. मार्क अमेरिकाको जीवन र नेपालको जीवन तुलना गर्छन् । भन्छन्, ‘अमेरिकाको जीवन इक्साइटिङ छैन । त्यहाँ नेपालमा जस्तो चुनौती छैन । त्यहाँ रमाइलो पनि छैन । मान्छेले आफ्नै किसिमले जीवन चलाइरहेको छ ।’ इक्साइटमेन्ट मन पराउने मार्कले नेपाल बस्न मन गर्नुको अर्को कारण यो पनि रहेछ । 

बिरामी जाँच्ने काम एकछिन रोकेर कुरा गर्न राजी भएका मार्कसँग जिज्ञासा राखिरहँदा मेरो मनमा मनमा अनेकौँ कुरा उठिरहेका थिए । खुशीलाई जीवनको सर्वोच्चतम उपलब्धि ठान्ने मार्कबाट मैले र मजस्ता धेरै नेपालीले धेरै कुरा सिक्न बाँकी रहेछ भन्ने लाग्यो । कुरा गर्दै जाँदा मार्क आफू ‘अन ड्युटी’ भएको मलाई सम्झाइराखेका थिए । त्यतिखेर कार्यालय समयमा चियाखाजा पसलमा उट्पट्याङ गफ चुटेर बस्ने प्रवृत्तिहरू मेरो आँखामा फनफनी नाचिरहेका थिए । 

फरर्र नेपाली 

डाक्टर मार्क नेपाली भाषा फरर्र बोल्छन् । गहकिला शब्द प्रयोग गर्छन् । बोल्दै गर्दा शब्द बिग्रेला कि भनेर उत्तिकै सचेत पनि हुन्छन् । नेपाली भाषाबारे उनले हासिल गरेको ज्ञान थाहा पाएपछि मैले सोधेँ– डाक्टरसा’ब ¤ कति समय लाग्यो नेपाली भाषा सिक्न ? 

एक वर्ष नबित्दै बिरामीसँग दोहोरो कुरा गर्न सक्ने भएका रहेछन् । डा. मार्कलाई नेपाली भाषा सिक्न गाह्रो भएन । त्यसको पहिलो कारण बिरामी हुन भन्छन् उनी । बिरामीले दिने उत्साहले नेपाली सिक्न सजिलो भएको उनले सुनाए । तपाईंलाई कस्तो छ भनेर सोध्दा हाँसेर दिने जवाफले नेपाली बोल्न र सिक्न प्रेरित गरेको उनले सुनाए । बिरामी र सहकर्मीसँग नगरी नहुने छलफलले पनि नेपाली भाषा छिटो सिक्न सहयोग ग¥यो । नेपालीभाषीले झैँ बोल्ने डा. मार्क कुराकानीको बीच बीचमा मेरो नेपाली त्यति राम्रो छैन भन्दै थिए । 

यो कस्तो ग्याप 

लामो अनुभवपछिको खास निष्कर्ष छ डा. मार्कको । उनी भन्छन्, ‘नेपालीको स्वास्थ्य अवस्था सुधार गर्न धेरै काम गर्नुपर्छ ।’ राजधानी काठमाडौं, दुर्गम जिल्ला र अमेरिकाका बिरामी बीच उनले तुलना गरेका छन् । दुर्गमका बिरामी जमिन बेचेर उपचार गर्न आएको कुरा सुनाउँछन् । यस्तो अवस्था अन्त्य गर्न धेरै काम गर्नुपर्ने उनको निष्कर्ष छ । अमेरिकामा त्यस्तो छैन । व्यक्तिको स्वास्थ्य बीमा गरिएको हुन्छ । उपचार नपाएर बस्नुपर्ने अवस्था हँुदैन ।

उपचारका लागि नेपालीले जमिन बेच्नुपर्ने अवस्था एउटा कारणले निम्तिएको होइन । उनको बुझाइमा यो ‘क्रस कटिङ’ विषय हो । यो नेपालको मात्रै होइन, न्यून आय भएका सबैजसो मुलुकको अवस्था हो । यस्तो अवस्था अन्त्यका लागि सामाजिक–आर्थिक विकास महŒवपूर्ण हुन्छ । सामाजिक–आर्थिक विकासको जगविना कुनै पनि क्षेत्रको विकास सहज नहुने उनको विश्लेषण छ । भन्छन्, ‘परिवर्तन गर्न हामीले योगदान गर्ने हो, परिवर्तनका लागि आर्थिक र सामाजिक विकास नै मुख्य आधार हो ।’ आर्थिक विकासले सडक विद्यालय र अस्पताल जस्ता भौतिक पूर्वाधार निर्माण गर्न वातावरण तयार पार्छ । नेपालीको स्वास्थ्य उपचारमा सहज पहँुच र सुविधाका लागि उनले निकालेको निचोड यस्तो छ– मुलुकको आर्थिक अवस्था मजबुत बनाउनुपर्छ । 

साइकल डाक्टर 

निजी सवारीसाधन, त्यसमा पनि चार पाङ्ग्रे, डाक्टरको परिचयसँग जोडिने गरेको हुन्छ । डा. मार्कको परिचय दुई पाङ्ग्रेको छ । उपचारसेवासँगै सवारीसाधन साइकलले उनको अर्को उचो परिचय बनाइदिएको छ । उनी प्रत्येक दिन बिहान सानेपाबाट साइकल चढेर अस्पताल पुग्छन् । उनको परिवारमा चार जना छन् । साइकल पनि चारवटै छन् । उपत्यकाभित्र प्रायः सबै ठाउँ उनीहरू साइकल चढेरै पुग्छन् । 

साइकल चढ्नुको कारण सुनाए डा. मार्कले । काठमाडौंका सडक सहज छैनन् । चार पाङ्ग्रे चढेर के गर्नु ¤ भनेको समयमा अस्पताल पुग्नु प¥यो । एक घण्टा जाममा परे बिरामीको अवस्था के होला ¤ साइकललाई जामको चिन्ता हुँदैन । मान्छे हिँड्ने बाटोमै पनि चलाउन सकिन्छ । अर्को कारण पनि छ । साइकल चलाउँदा राम्रो शारीरिक व्यायाम हुन्छ । भन्छन्, ‘साइकल मेरो प्यारो साथीजस्तै भएको छ ।’ प्यारो साथीसँग हिँड्दा उनले अप्ठ्यारो पनि महसुस गरेका छन् । काठमाडौंमा बढेकोे वातावरणीय प्रदूषणले साइकलयात्रीको स्वास्थ्य बिगार्दैछ । 

पत्नीको अनुरोधमा उनले मास्क लगाउन थाले । उनकी पत्नी पनि पाटन अस्पतालमै पोषणविद्का रूपमा कार्यरत छिन् । उनीकी पत्नीले धेरै पहिलेदेखि मास्क प्रयोग गरेकी हुन् । आयरल्याण्डबाट आएकी हुन् उनकी पत्नी । कामको सिलसिलामा उनले अस्पतालमै भेटेका हुन् । त्यही भेटले दाम्पत्यतिर डो¥यायो । 

अर्को कुरा, डा. मार्कका अनुसार साइकलमैत्री सडक नहुँदा साइकलप्रेमीहरू साइकल चलाउन प्रेरित हुनसकेका छैनन् । ललितपुर महानगरपालिकाले साइकल लेन बनाउने भन्ने समाचार पढेपछि मार्क उत्साहित भएका छन् । साइकलयात्रीलाई प्रोत्साहित गर्नसके उपत्यकाको वातावरण जोगाउन धेरै सहयोग हुने उनको ठम्याइ छ । 

कति पुरानो साइकल 

डा. मार्क कस्तो साइकल चढ्छन् ¤ बिएसआइ डिलक्स हो उनको साइकल । उनले २७ वर्षअघि एउटा सायइकल किने, जमल नजिकैको साइकल पसलमा । मूल्य २९ सय रुपैयाँ । साइकल बिक्रेतालाई उनले ‘कुन साइकल सबैभन्दा’ राम्रो भनेर सोधे । उसले बिएसआई डिलक्स देखायो र भन्यो, ‘यो लैजानुस् एकदमै राम्रो छ ।’ मार्कलाई पनि खुब मन परेछ । साइकलको सिट निकै अग्लो । 

उनले धेरै वर्ष त्यही साइकल चलाए । एक दिन चोरी भयो । उनले अर्को साइकल किने । त्यो पनि केही वर्षपछि चोरी भयो । अहिले चढ्दै गरेको तेस्रो साइकल हो । पहिला साइकल चोरी हुन्थ्यो । आजकाल यो क्रम रोकिएको उनको अनुभव छ । 

सबैको एउटै प्रश्न 

अधिकांशले डा. मार्कलाई सोध्ने प्रश्न एउटै छ । त्यो हो, अमेरिका कहिले फर्किने ? यो प्रश्नको उत्तर उनीसँग छैन । भन्छन्, ‘६ महिनालाई आएको मान्छे, यति लामो समय बसिसकेँ, अब कहिले फर्किन्छु भन्नु ¤’ 

त्यसो त उनी आफ्नो योजनाअनुसार केही नहुने बताउँछन् । परमेश्वरले जे चाहेको हो त्यही हुन्छ भन्ने उनलाई लाग्छ । भन्छन्, ‘हाम्रो भविष्य कस्तो बनाउने भन्ने परमेश्वरको हातमा राखिदिन्छौँ, उहाँले जस्तो बनाउन चाहनु हुन्छ, त्यही ठीक छ ।’ आफ्नो नेपाल बसाइ पनि परमेश्वरको चाहना हो भन्ने उनको विश्वास छ ।

डा. मार्क विदेशी हुन् । यहाँ बस्न भिसा पाउनुपर्छ । केही वर्षअघिसम्म एक–एक वर्षमा भिसा ‘रिन्यु’ गर्नुपथ्र्यो । अहिले यो समय बढेर तीन वर्ष पुगेको छ । केही वर्षअघिसम्म मार्ककी आमा आफ्नै देश फर्कन खुबै कर गर्थिन् । छोराको मन नेपालमै रमेको थाहा पाएपछि कर गर्न छाडिन् । 

डा. मार्क खुशीलाई जीवनको उत्कृष्ट उपलब्धि मान्छन् । उनकी आमाले पनि छोराको खुशीको सम्मान गरिन् । आमा दुई पटक नेपाल आइन् । छोराले पाएको सम्मान देखिन् । खुशी नजिकबाट नियालिन् । डा. मार्क भन्छन्, ‘सबै देखेपछि आमाले अमेरिका हिँड् भन्नुभएन ।’

कुराकानी सकेर छुट्टिने बेलामा मैले फेरि डा. मार्कलाई भनेँ– नेपाली डाक्टरहरू विदेशमै गरिखान हिँड्ने गरेका छन्, तपाईं नेपालमै रमाउनु भएको छ । उनले यसमा पनि खुशी नै जोडे । उनका अनुसार खुशी पनि व्यक्तिपिच्छे फरक हुन्छ । उनले निष्कर्ष सुनाए, ‘नेपाल छाडेर विदेशमा बस्नेसँग केही थान मोटर होला, केही रुपैयाँ होला तर त्यसबाट उहाँहरू खुशी हुनुहुन्न, सन्तुष्ट हुनुहुन्न ।’