काठमाडांै । बलिउड फिल्म ‘कड्के कमाल के’ नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ । गीतमा नायक आर्यन अधिकारी र नायिका निता ढुंगानाको रोमान्सलाई हेर्न सकिन्छ । ‘तुझे क्यु ना करु मे प्यार’ बोलको गीतमा ताश एम, सोहिनी मिश्र र यशिका सिक्काको स्वर छ ।
लक्ष्मण सिङले निर्देशन गरेको फिल्ममा राजपाल यादव, आर्यन अधिकारी, निता ढुंगाना, दयाशंकर पाण्डे, विजय पटकार, राम्चन्द्र अधिकारी, प्रकाश घिमिरे, राडाजंग बहादुर, उषा नाडकर्णीलगायत कलाकारको अभिनय छ । राजपाल यादव आर्यन अधिकारीको मामाको भूमिकामा छन् ।
फिल्म मे २४ तारिख नेपाली मितिअनुसार जेठ १० गतेबाट नेपाल तथा भारतका एकसाथ प्रदर्शनमा आउँदैछ । फिल्मको धेरैजसो छायांकन नेपालमा गरिएको छ । यसको प्रोमो पनि सार्वजनिक भइसकेको छ ।




















