नेकपाले सचिवालय बैठक बोलाइयो

काठमाडौं । नेकपाले सचिवालय बैठक बोलाएको छ । पार्टी एकताको बाँकी काम टुंगो लगाउन सचिवालय बैठक बोलाएको स्रोतले बतायो ।  

तीन दिन भित्र बाँकी काम टुंगो लगाउने तयारीका साथ बैठक बोलाइएको बुझिएको छ ।

यस अघि नै सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीको घोषणा भईसकेको छ । अब पोलिटव्युरो कमिटी, बिभाग, प्रवास, केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड, जनवर्गीय संगठन सहित स्थानीय तहको एकता अझै टुंगो लाग्न बाँकी छ ।