भक्तपुर । भक्तपुर ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरले ‘हाई डोज रेट ब्राकिथेरापी’ सेवा सुरु गरेको छ । बुधबार भक्तपुरमा सेन्टरले एक विज्ञप्ति जारी गरी उक्त जानकारी गराएको हो ।
विशेषगरी महिलाको पाठेघरको मुखको क्यान्सरको उपचार सेवामा अत्यन्तै महŒवपूर्ण हुने सो उपचार प्रविधि सुरु गरेपछि सेन्टरमा आउने बिरामीले सहज उपचार सेवा पाउने अपेक्षाका साथ उक्त थेरापी सुरु गरेको जनाइएको छ ।
मेसिनको प्रयोगबाट उक्त उपचार सेवा दिइने सेन्टरले जनाएको छ । पाठेघरको मुखको क्यान्सर, प्रोस्टेट, मुखको क्यान्सर, स्तन र खाने नलीको क्यान्सरलगायत अधिकांश क्यान्सरमा रेडियोथेरापी भइरहेको सेन्टरले जनाएको छ ।
आधुनिक ‘थ्रिडी प्लानिङ’ सहितको उक्त विश्वस्तरीय प्रणाली क्यान्सरको उपचारमा निकै सुरक्षित र प्रभावकारी विधि भएको सेन्टरका प्रमुख तथा क्यान्सर विषशेज्ञ डा. सिमित सापकोटाले बताए । शुल्कका हिसाबले पनि यो सेन्टरमा ब्राकिथेरापी शुल्क सरकारी अस्पतालहरूकै हाराहारीमा हुने डा. सापकोटाले बताए ।
क्यान्सरको उपचारमा नेपाललाई नै आत्मनिर्भर बनाउने लक्ष्य लिएर तीन वर्षअघि भक्तपुरको नाला रोड, ताथलीमा’ सेन्टर सञ्चालन गरी हालसम्म बिरामीको आर्थिक स्थिति हेरेर उपचार सेवा सर्वसुलभ दिँदै आएको जनाएको छ ।
क्यान्सरको सम्पूर्ण उपचार उपलब्ध गराउने सोचका साथ सुरु भएको सेन्टरले तयाँ प्रविधि भिœयाउँदै दक्ष जनशक्तिका साथ सेवा विस्तार गर्दै आइरहेको जनाइएको छ । अत्याधुनिक लिन्याकबाट थ्रिडी रेडियोथेरापी, (आइएमआरटी) तथा (भिम्याट) रेडियोथेरापी नियमित रूपमा दैनिक ६० जना बिरामीले पाइरहेको प्रमुख सापकोटाले जानकारी दिए ।




















