तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
वैदेशिक रोजगारीका लागि मलेसियामा आइ ४ बर्ष काम गरि करार अबधी सकिएपछि स्वदेश फर्किएका राज कुमार बिक बेपत्ता भएका छन ।
गत अप्रिल २३ (बैशाख १० गते मंगलबार) रातको १०:५०मा मालिन्दो एयरलाइन्स बाट झापा झिल्लीलेका स्याम बहादुर लिम्बुका साथमा स्वदेश फर्किएका राजकुमार अहिलेसम्म पनि परिवारको सम्पर्कमा नआउदा परिवारजन चिन्तित बनेका छन ।
स्वदेश फर्किएपछी साथमा फर्किएका साथिको आफन्तकोमा ललितपुर स्थित कुपनडोलमा बसेका र बिहान राज कुमार लाई गाउँ फर्किन बसपार्क सम्म ट्याक्सी चढाएको संगै फर्किएका साथीले बताउदै आएका छ्न।
परिवारले सामाजिक संजाल प्रयोगकर्ता हरुलाई खोजी गरिदिन अपिल गर्दै कतै कसैले देख्नु भेट्नु भएमा बेपत्ता भएका निज राज कुमार का दाइ लाई ९८४६१२१०९४ नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरेको छ ।
लमजुङ दोर्दी ९ का राज कुमार बेपत्ता परिवार द्वारा खोजीगरिदिन अपिल।



















