विप्लव समूहकी नेत्री रुपन्देहीबाट पक्राउ

बुटवल । विप्लव समूहकी एक नेत्री रुपन्देहीबाट पक्राउ परेकी छन् ।

नेकपा रुपन्देहीकी जिल्ला सदस्य तथा तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदी गएराति पक्राउ परेकी हुन्।

सुवेदीलाई गएराति करिब १२ बजे देवदहस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनालाई जिल्ला प्रहरी कार्यालय भैरहवामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।