काठमाडौं । नेकपा बरिष्ठ नेता झलनाथ खनालले माधव नेपाल मर्यादाक्रम नमिलेर कार्यक्रमबाट नगएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अर्का बरिष्ठ नेता माधवकुमार नेपाल कम्यूनिष्ट पार्टी स्थापनाको ७० औं बार्षिकोत्सव समारोहबाट कार्यक्रम बिचमै निष्कनु कुर्सीमा बसाईको मर्यादाक्रम नमिलेर नभएको बताएका हुन् ।
उनले भने, ‘उहाँ हामीसँग विदा भएर अर्को कार्यक्रममा जानु भएको हो ।’
प्राइम टेलिभिजनको एक अन्तर्वार्तामा उनले मिडियाले गलत रुपमा प्रचार गरेको बताए । उनले मिडियाले सत्य तथ्यलाई बाहिर ल्याउनु सट्टा गलत भ्रम छर्ने गरेकोमा गुनासो पोखे ।
मर्याताक्रममा केही त्रुटि पहिले देखि नै भएको उनले स्वीकारे । तर त्यस कार्यक्रममा मर्यादाक्रमका कारण कोही उठेर नगएको उनले बताए ।




















