रेल्वे सञ्चालनमा राजनीति हुँदैछ : मन्त्री महासेठ

जनकपुरधाम । भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले सञ्चालनका लागि तयार रहेको जनकपुरधाम–जयनगर रेल्वे सेवा सुरु हुन नसक्नुमा राजनीतिक खिचातानीकका कारण हो भनि संकेत गरेका छन् । धनुषा मिथिला नगरपालिकाको लालगढमा विभिन्न सडक निर्माण आयोजनाको शिल्यानास गर्दै मन्त्री महासेठले राजनितिक दाउपेचका कारण जनकपुरधाम–जयनगर रेल्वे सेवा सञ्चालनमा ढिलाई भइरहेको बताए । यद्यपि उनले राजनिति अवरोध वा कारणका विषय भने खुलाउन चाहेनन् । 

उनले कारण विभिन्न रहेको भएपनि वर्तमान नेपाल सरकारले आफैले किनेको रेलमा नेपालको झन्डा, लोगो र नेपालका राष्ट्रिय विभुतीहरुको तस्वीर सहितको रेल चलाउन चाहेकाले समेत केहि ढिलाई भइरहेको उनको तर्क छ । यद्यपि उनले रेल खरिद गर्नका लागि भारतीय पक्षलाई पैसा पठाइ सकिएको र दुई दिन भितरै भारतीय पक्ष आएर खरिद पक्रिया पुरा हुने मन्त्री महासेठले बताए । रेल्वे खरिद पक्रियामा हस्ताक्षर भएको दुई महिना भितरै रेल सेवा सञ्चालन गर्न भारतिय पक्ष सहमत रहेको समेत उनको भनाई छ ।  

सरकारले विकासको नाँउमा संघियता समाप्त पार्न खोजेको आरो छ नी भने प्रश्नमा मन्त्री महासेठले विकास जनताको चाहना रहेको र जनताको चाहना पुरा नभए सम्म संघियता सवल हुन नसक्ने दावी गरे । 

मन्त्री महासेठले शुक्रवार एकै दिन धनुषामा विभिन्न छ वटा सडक निर्माण आयोजनाहरुको शिल्यानास गरेका छन् । लालगढ–तुलसी–रानीवास–सिन्धुली आरटिओ, लालगढ– चौलिखा प्रेमनगर रामनगर धर्मपुर हुदै जनकपुरधाम, जानकी मेडिकल कलेज–रमदैया–मिथिलेश्वर–सवैला–पटेर्वा–कमला–सिरहा, सपही निकाल देखि भंगाहा हुदै बनिनिया, मिथिलेश्वर मौवाही देखि पुरानो बजार हुदै पुरन्दाहा सम्म र जमुनि निवास–शान्तिपुर–कुर्था हुदै जनकपुरधाम पर्यटकिय सडक गरि करिव १० करोड लागतको सडक आयोजना एकै दिन शिल्यानास गरिएको छ । शिल्यानास कार्यक्रममा मन्त्री महासेठकी पत्नी एवम संघिय सांसद जुली महासेठ, मिथिला नगरपालिका प्रमुख सहित विभिन्न स्थानिय तहका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।