काठमाडौं । स्थानीय उत्पादन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले ओखलढुुंगामा औद्योगिक महोत्सव हुने भएको छ । उद्योग वाणिज्य संघको आयोजनामा प्रथम औद्योगिक महोत्सव हुन लागेको हो ।
जिल्लाभित्रका पर्यटकीय क्षेत्र चिनाउन र आर्थिक तथा सामजिक विकास गर्न यो महोत्सव महŒवपूर्ण हुने वाणिज्य संघको भनाइ छ । महोत्सव यही चैत ३० देखि वैशाख १० गतेसम्म सहोत्सव चल्नेछ । ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केका अनुसार महोत्सवमा स्थानीय व्यवसाय, पर्यटन कला, सस्कृति, स्थानीय उत्पादन प्रवद्र्धनमा विशेष जोड दिइनेछ । ग्रामीण क्षेत्रमा हुने यस्तो महोत्सवले पर्यटन प्रवद्र्धमा विशेष टेवा पु¥याउने भएकोले यो महोत्सव निकै महŒवपूर्ण हुने मास्केको भनाइ छ ।
महोत्सवले स्थानीय उत्पादनको बजारीकरण गर्दै धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय स्थानहरूको प्रचार गरेर ओखलढुंगाको पहिचान अन्तर्राष्ट्रिय स्तरमा गराउने उनको भनाइ छ । महोत्सव तीन लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र तीन करोड रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ ।
महोत्सवमा १५० वटा प्रदर्शनी कक्ष रहने छन् जसमा २० वटा अन्र्तराष्ट्रिय महŒवका हुनेछन् । । महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि समावेश हुनेछन् जसमा स्थानीय र राष्ट्रिय कालाकारहरूको सहभागिता हुनेछ ।


















