तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
दैलेख जिल्ला दुल्लु नगरपालिका ३ का सरन बहादुर कार्की मलेसियाको जोहोरबारुमा ताइ कि फोर्जिन फुड ट्रेडिङ कम्पनीको कपडा फ्याक्ट्रीमा काम गर्थे ।
काम गर्नेे क्रममा पाखुरामा फ्याक्ट्रीको मेसिनले काटेपछि कम्पनीकै रोहबरमा हस्पिटल गए । चोट लागेको ठाउँ सिलाउनुपर्ने भनेर डाक्टरले भनेपछी १४ टाचा सिलाए पनि । हस्पिटल गएर आएपछी अब ठिक होला भनेर आराम गर्न थालेका सरन बहादुरको चोट बाट पुनः रगत बग्न थालेपछि साथी संग हस्पिटल पुगेका सरन को भर्ना भएको २० दिन बितिसक्दा अहिलेसम्म पनि चेत आउन सकेको छैन। हस्पिटल सङै जाने साथिका अनुसार भर्ना गर्नसाथ बेहोस बनाउने सुइ लगाइएको बताउँछ्न ।
अहिले सरन बहादुर कम्पनीकै रेख देखमा जोहोरबारुको सुल्तान हस्पिटलको उपचार कक्षमा छन । हस्पिटल को अहिलेसम्मको रिपोर्टमा दुबै मृगौला ले काम गरिरहेको छैन भन्ने रिपोर्ट आएको छ ।
उनका साथी इस्वर प्रसाद शर्माका अनुसार उपचार कक्षमा उन्लाइ हेर्न गएका अधिकासं लाई कम्बरभन्दा तलको भाग हेर्न दियिदैन र रिपोर्ट पनि हात काटेर हस्पिटल गएका सरन को एक्कैचोटी दुबै मृगौलाले कसरी काम गर्ननसक्ने हुन्छ भन्दै गुनासो गरे ।
घटनाको बारे मलेसिया स्थित नेपाली दूतावासलाई खबर गर्दा आफुहरु घटनाको बारे जानकार नभएको भन्दै कम्पनि प्रसासन संग कुरा गर्ने बताएका छन ।



















