काभ्रेपलान्चोक सेवा समाज कतारको दोस्रो अधिवेशन सम्पन्न।

 

काभ्रेपलान्चोक सेवा समाज कतारको दोस्रो अधिवेशन सम्पन्न भएको छ । गत शुक्रबार दोहाको बेस्ट वेस्टन होटलमा समाजका निबर्तमान अध्यक्ष श्री नन्द प्रसाद ढुङ्गानाको सभापतित्वमा, कतारको नेपाली राजदुतावासका महामहिम राजदूत प्रा. रमेश प्रसाद कोईराला ज्यूको, प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा विषेश अतिथि, अतिथि पत्रकारहरु, समाजसेवी, बुद्दिजिबीहरु, समाजिक, तथा बैचारिक, जिल्ला संस्था हरुबाट प्रतिनिधि हरु, लगाएत काभ्रेपालाञ्चोक सेवा समाज, कताकारको सम्पूर्ण सदस्यहरुको  उपस्थिति रहेको थियो। प्र. अतिथि र बिशेष अतिथि हरुबाट संयुक्त रुपमा दियो प्रज्वलन गरि नेपालि राष्ट्रिय गान बाचन द्वारा उद्घाटन गरेको उक्त कार्यकम मा प्रमुख अतिथि महामहिम बाट समाजको स्मारिका बिमोचन समेत गरेका थिए।

कार्यक्रममा उपस्थिति भएका अतिथि हरुले मन्तब्य राख्ने क्रममा: नेपाल प्रवासी तामाङ समाजको सचिबालय सदस्य तथा एनआरएनए एन सि सि कतारका प्रबता अशोक सिङतान ले उक्त कार्यकम्रमा अतिथिलाई अर्पण गरेको ढाकाको खादाको प्रसंगलाइ जोड्दै खादा एउटा पवित्र बस्त्र भएकोले ढाकाको बस्त्रले खादाको रुपमा प्रतिनिधित्व गर्न नसक्ने। ढाकाको बस्त्रलाई पनि हामीले सम्मान गर्छौं। खादाको संस्कृतिक, धार्मिक महत्व,र बास्ताबिकता नबुझिकन खादाको बहिस्कार, अपहेलित गर्न पाइदैन। र यो कदापि सह्य नहुने बताउदै अहिले समाजिक संजालमा जुन किसिमले अपुष्ट, भ्रामक समाचार हरु प्रवाह भईरहेको छन त्येसप्रती पनि घोर आपत्ति रहेको र खादा लाई नै बिशेष मान्यता राख्नपर्ने प्रस्ट धारणा राखेको थियो।

मन्तब्य कै क्रममा प्रमुख अतिथि,बिशेष अतिथि, अतिथिहरुले नब निर्बाचित हुने पदाधिकारी हरुलाई शुभकामना दिएका थिए। अधिवेशन कार्यक्रमले नयाँ कार्य समितिमा अध्यक्षमा नारायण बिष्ट लाई र्निबिरोध चयन भएको छ । विष्ट को नेत्रित्वमा बरिष्ठ उपाध्यक्ष : भरत बडाल, द्धि.उपाध्यक्ष: सागर अधिकारी , तृ.उपाध्यक्ष : कान्छा मान श्रेष्ठ, महासचिव: रुप कुमार श्रेष्ठ, सचिव : रमेश सापकोटा, कोषाध्यक्ष: हरिशरण पण्डित, सह कोषाध्यक्ष : नेत्र वाईबा, सदस्यहरुमा: दिपेन्द्र श्रेष्ठ , ज्ञानेन्द्र राज भारती, नारायण संजेल, राजन ढुङ्गाना, ग्यानमा मान लामा, अमित परियार, उद्धव रावत, सविन तामाङ , हर्क बहादुर तामाङ, अर्जुन बहादुर पुलामी, शमसेर तामाङ, मोहन सिङ्ग तामाङ, पृथक तामाङ , बिजय लामा निर्बाचित भएको छ। नयाँ कार्य समितिलाई काभ्रे सेवा समाजका निबर्तमान अध्यक्ष नन्द प्रसाद ढुङगानाले सफल कार्यकालको लागि शुभकामना दिएको थियो। नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन आयोग गठन गरिएको थियो । कमल प्रसाद घिमिरको संयोजकत्वमा, माईला वाईबा, गौरबराज अधिकारी, तिर्थ थिङ तामाङ सदस्य रहेको थियो ।

उक्त कार्यक्रममा सांगीतिक कोसेली गायन र नृत्य दुवै विधामा भएको प्रस्तुतिले थप मनोरञ्जन दिलाएका थिए कार्यकम लाई गौरबराज अधिकारी ले उत्कृष्ट ढंगले संचालन गरेको थिए ।