यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (आइतबार) देखि सुरु भएको छ ।
एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सहभागी भएका छन्। यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन्।
यस वर्षको परीक्षामा केही सेलिब्रेटी पनि सहभागी छन् । राजनीतिज्ञदेखि कलाकारितामा छुट्टै पहिचान बनाएका व्यक्ति पनि सामेल भएकाले धेरैको चासो यस वर्षको परीक्षामा छ ।
नायिका करिष्मा मानन्धरले काठमाडौंबाट एसइई परीक्षा दिएकी छन् भने नेकपाकी सचेतक शान्ता चौधरी पनि आफ्नै गृहजिल्ला दाङको तुल्सीपुरबाट एसइई परीक्षा दिएकी छन् ।


















