मलेसियाको जोहोरमा श्रमिकका आपतकालीन समस्या समाधानगर्न सामाजिक सुरक्षाकोष खडा गरिने।

तिलोचन गौतम
क्वालालम्पुर

मलेसिया को जोहोरबारुमा नेपाली श्रमिकका आपतकालीन समस्यालाइ राहत र सहयोग पुग्नेगरि सामाजिक सुरक्षा कोष निर्माण गरिने भएको छ ।

मलेसियाको जोहोरबारुमा गत २०७५/१२/९ गते City Square को हलमा जोहोर मा अबस्थित सम्पुर्ण संघ संगठनका प्रमुख तथा प्रतिनिधिको संयुक्त भेला बाट मलेसियामा कार्यरत नेपाली श्रमिकका विभिन्न समस्या र समाधानका बिसयमा व्यापक छलफलगरी सामाजिक सुरक्षा कोष निर्माण गरि संचालनमा ल्याउने तयारी भएको गैर आवासीय नेपाली संघ NRNA जोहोर का सचिव अर्जुन सिहँ ठकुरीले जानकारी दिए ।

सुरक्षाका हिसाबले एकदमै समवेदनशील मानिने मलेसियामा नेपाली श्रमिकको सामाजिक सुरक्षाको ग्यारेन्टी मलेसियामा नेपालीका लागि हुनुपर्ने भन्दै सम्बन्धित निकाएमा सामाजिक सुरक्षाको बिसयमा पहल गर्ने निर्णय गरेको छ ।

मलेसियामा नवनियुक्त महामहित राजदुत उदय राज पाण्डेको उपस्थिति मा सचेतना साथै माहामहिम राजदुत ज्यु लाई स्वागत तथा सम्मान कार्यक्रम गर्ने बिषयमा समेत छलफल भएको गैर आवासीय नेपाली संघ जोहोरबारु साखाका सचिव अर्जुन सिहँ ठकुरीले जानकारी दिए ।