एनआरएनए मलेसियाद्धारा नवनियुक्त राजदूत पाण्डेलाई स्वागत

मलेसिया ! साजन शर्मा,

एंनआरएन मलेसियाको आयोजनामा मलेसियाको क्लालम्पुर स्थित ग्रान्ड कन्टिनेन्टल होटलमा मलेसियाका नवनियुक्त महामहिम राजदुत उदय राज पाण्डे ज्युलाइ एक भब्य कार्यक्रमको आयोजना गरेर स्वागत गरेको छ । उक्त स्वागत कार्यक्रम मलेसिया भरि छरिएर रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, एयरलाइन्सका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका भात्रि संगठनका प्रतिनिधिहरु, रेमिटेन्स कम्पनिका प्रतिनिधिहरु, नेपाली ब्यबसायीहरु, मलेसियाका स्थानीय नेपालिहरु, नेपाली श्रमिकहरु, एंनआरएन मलेसियाका पदाधिकारी हरु, कलाकारहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय धुनबाट सुरुवात भएको उक्त कार्यक्रममा एंनआरएन मलेसियाका सचिब रंजित क्षेत्रीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । मन्तब्य राखने क्रममा बक्ताहरुले मलेसियाका नवनियुक्त महामहिम राजदुत उदय राज पाण्डे ज्युलाइ आगामी कार्यकालको शुभकामना दिनुको साथै बिगतमा साउदी अरबमा राजदुत हुदा साउदी अरबको मरुभूमिमा नेपाली श्रमिक हरुको निम्ति पुर्याएको योगदानको प्रसंसा गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै महामहिम राजदुत उदय राज पाण्डे ज्युले सम्पूर्णलाइ धन्यबाद दिनुको साथै मलेसियामा रहेको नेपाली हरुलाई संगठित बनाउन, नेपालीका समस्या हरुको समाधान गर्न, अप्ठ्यारोमा परेका हरुलाई सहयोग गर्न, दुताबास र संघ संस्था हरुको भूमिका पनि आबस्यक भएकोले मलेसियामा रहेका सम्पूर्ण संघ संस्था हरुसंग नेपाली दुताबास हातेमालो गरेर अगाडी बढ्न तयार रहेको जानकारी गराउनु भएको थियो । साथै अब विभिन्न कारणबस मलेसियामा जेलजीवन बिताएर हवाई टिकट नपाएर मलेसियाको विभिन्न घरफिर्ती केन्द्रमा कुनैपनि नेपालि बसनु पर्ने अबस्था नआउने जानकारी गराउनु भएको थियो । साथै बिगत १० महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी नेपाल र मलेसिया बीच भएको एमओयु लाइ कार्यान्बय गराउनको लागि ढिलो भएको कारणले अबै फेरि छिटै मलेसियाको रोजगारी खुल्ने जानकारी गराउनु भएको थियो त्यसको लागि नेपाली दुताबास मलेसियाले सक्दो पहल गर्ने जनाउनु भएको थियो । साथै नेपालि दुताबास मलेसिया याहा रहेका सम्पूर्ण नेपालि हरु प्रति एकदमै संबेदनशिल रहेकोले मलेसियामा रहेका नेपाली हरुको समस्या समाधन गर्न तम्तयार रहेको र दुताबासले कुनैपनि व्यक्ति वा संघ संस्थालाइ भेदभाब नगरी सबैलाई समान रुपमा ब्यबहार गर्ने र श्रमिक हरुको समस्यालाइ समाधन गर्न सबै संघ संस्था हरु संग मिलेर अगाडी बढ्ने बताउनु भयो । कार्यक्रमको अन्त्यमा मन्तब्य राख्दै एंनआरएन मलेसियाका अधक्ष्य खगेन्द्र न्यौपाने ज्युले कार्यक्रममा सहभागीता जनाउनु भएका सम्पूर्णलाइ धन्यबाद दिनुको साथै परि आएको खण्डमा हरेक समय एंनआरएन मलेसियाले नेपाली दुताबास मलेसियाललाई साथ र सहयोग गर्न तयार रहेको जनाउनु भएको थियो ।