प्रधानमन्त्रीले गर्नुभएको पहलले यो सहमति जुट्यो– सीके राउत

काठमाडौं । स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउतले सम्पूर्णको जित भएको बताएका छन् ।

राष्ट्रिय सभागृहमा सरकारसँग भएको ११ बुँदे सहमतिपछि संयोजक राउतले लामो संघर्षलाई आफूहरुले सुरक्षितरुपमा अवतरण गरेको बताए । यसमा सबैको जित भएको उनले बताए ।

उनले भने, ‘नेपालमा विगतमा रहेका जटिल समस्या थिए,  नेपाललाई स्थिरतामा लैजानका लागि हामीले यो कदम चालेका छौँ’, उनले भने, ‘आन्दोलन विस्फोट हुने डर थियो तर प्रधानमन्त्रीले गर्नुभएको पहलले हामी यो अवस्थामा आइपुगेका छौँ ।’

राउतले अब हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने अवस्था नरहेको बताए ।