काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ४ गते बस्ने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७५ चैत्र ४ गते सोमबार विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि कांग्रेसले अनुरोध गरेको छ ।



















