आज सार्वजनिक विदा–स्वर्गिय अधिकारीको राजकीय सम्मानका साथ दाहसंस्कार गरिने

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णयसमेत सरकारले गरेको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीको राजकीय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेको थियो।

बिहीबार देशभर र विदेशस्थित कुटनीतिक नियोगमा सार्वजनिक बिदा दिनुका साथै सबै सरकारी कार्यालयहरुमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।