काठमाडौं । ९१औं अस्कर फिल्म अवार्ड सोमबार समापन भएको छ । डल्बी थिएटरमा आयोजित अवार्ड समारोहबाट ‘ग्रीनबुक’ले बेस्ट फिल्मको अवार्ड पाउन सफल भयो । यस्तै, वेष्ट लिड एक्ट्रेसको अवार्ड ओलिविया कोलम्यानले हात पारेकी छन् । उनलाई यो अवार्ड ‘द फेभरि’ मा सानदार अभिनयका लागि दिइएको हो । ‘बोहेमियन ¥यापसोडी’ का लागि रमी मालेकले बेस्ट लिड एक्टरको अवार्ड चुमेका छन् । यस वर्ष ‘रोमा’लाई सबैभन्दा बढी १० अलग–अलग क्याटगरीमा नोमिनेट गरिएको थियो । यसले पहिलो अस्कर अवार्डको इतिहासमा ‘अल अबाउट इभ’, ‘टाइट्यानिक’ र ‘ला ला ल्याण्ड’भन्दा बढी नोमिनेशन भएको फिल्म बनिसकेको छ ।
उत्कृष्ट निर्देशकको अवार्ड ‘रोमा’ बाट अल्फोन्सो क्युरोले उचाले भने स्पाइक लीले एडप्टेड पटकथा विधामा ‘ब्ल्याकान्सम्यान’ बाट अवार्ड जिते । यस्तै, ओरजिनल स्क्रिनप्ले भने, ‘ग्रीनबुक’ को पोल्टामा गयो वेष्ट सपोर्टिङ एक्ट्रेसको अवार्ड ‘इफ बिल स्ट्रिट कुड टक’ बाट रेजिना किङले जितिन् भने वेष्ट फरेन ल्यांग्वेज फिल्मको अवार्ड ‘रोमा’ले उचाल्यो । वेष्ट सिनेम्याटोग्राफीको अवार्ड पनि ‘रोमा’बाटै अल्फान्सो क्वारोनको हातमा प¥यो । लेडी गागाले भने ‘अ स्टार इन’ बाट ओरजिनल गीत विधामा अवार्ड जितिन् । वेष्ट एनिमेटेड फिचर फिल्मको अवार्ड ‘स्पाइडर म्यान स् इनटु द स्पाइडर वर्स’ ले उचाल्दा वेष्ट सपोर्टिङ एक्टरको विधामा फिल्म ‘ग्रीनबुक’बाट मरशैला अलीले अवार्ड चुमे ।

















