अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति गठन – नेपालको पात्रो अनुसार विदेशमा चाडपर्व मनाउनु नपर्ने

काठमाडौं । विश्वमा छरिएर रहेका  नेपालीहरुलाई चाडपर्व मनाउने साइत जुराउने तथा तिथि– मिति सहज होस भनेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति गठन भएको छ । जसले यसैसँग सम्बन्धितलगायतका कार्य गर्ने बताइएको छ ।

विदेशमा बसेका नेपालीले विधि अनुसार चाडपर्व मनाउन सकुन भन्ने उद्धेश्य लिएर यस निर्णय समिति गठन भएको हो ।

अहिलेसम्म पञ्चाङ्ग–पात्रोमा उल्लेख भएअनुसारको तिथि तथा समयमा (नेपालमा जतिबेला मनाइन्छ सोहि समयमा) चाडपर्व मनाउने चलन रहेका कारण असुविधा महसुश हुँदै आएको हुँदा अब उप्रान्त विदेशमा रहेका नेपालीले त्यहीको समय अनुसार चाडपर्व (दशैं–तिहारलगायतका साइत) मनाउन सक्ने छन् ।

संसारका हिन्दुधर्मालम्बी तथा विशेष त नेपालीलाई चाडपर्व मनाउने साइत सहज होस् भन्ने यसको उद्धेश्य लिइएको पञ्चाङ्ग निर्णय समितिका सदस्य सचिव सन्तोष बाशिष्ठले बताए ।

सनातन रुपमा चलिआएका धर्म सस्कृति ,चाड,पर्व मनाउने समय निक्र्यौल गरी विश्वका विभिन्न स्थानमा वसोवास गर्ने सनातन धर्मालम्वीहरुका लागी तयार गरिने पञ्चांग र भित्ते पात्रोमा समावेश गरिने चाड,पर्व हरुको धर्म शास्त्रीय निर्णय गर्न र गराउन विश्व ज्योतिष महासंघको अन्तर्रा्ष्ट्रिय निकायको रुपमा अन्तर्रा्ष्ट्रिय पञ्चाङ्ग निर्णय समिति सन्चालन नियमावली २०७५ अनुसार नेपाल पञ्चाङ्ग निर्णय समितिका पूर्व अध्यक्ष एवं विश्व ज्योतिष महासंघका संस्थापक सदस्य प्रा.डा.माधव भट्टराईको सभापतित्वमा अन्त राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति गठन गरिएको छ ।

यस समितिमा नेपाल पञ्चाङ्ग निर्णय समितिका पूर्व सदस्य तथा धर्मशास्त्रका विद्वान प्रा.डा.देवमणी भट्टराई उपसभापति, विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति ज्योतिाषाचार्य सन्तोष वशिष्ठ सदस्य सचिव रहेका छन् । समितिका सदस्यहरुमा सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार पं.सूर्य प्रसाद ढुङ्गेल, नेपाल पञ्चाङ्ग निर्णय समितिका पूर्व सदस्य तथा उप प्राध्यापक ज्योतिषाचार्य पुरुषोत्तम भट्टराई, पञ्चाङ्ग गणितका विज्ञ सुर्दन पौडेल सदस्य रहेका छन् ।

विश्व ज्योतिष महासंघका आजीवन सदस्य मेघराज निरौलालाई अमेरिकाको लागी संयोजक चयन गरिने बताइएको छ ।

 नियमावली यसप्रकार रहेको छ ।

अन्तर्रा्ष्ट्रिय पञ्चाङ्ग निर्णय समिति सन्चालन नियमावली २०७५

सनातन रुपमाचलिआएका धर्म सस्कृति ,चाड,पर्व मनाउने समय निक्र्यौल गरी विश्वका विभिन्न स्थानमा वसोवास गर्ने सनातन धर्मालम्वीहरुका लागी तयार गरिने पञ्चांग र भित्ते पात्रो मा समावेश गरिने चाड,पर्व हरुको धर्म शास्त्रीय निर्णय गर्न र गराउनविश्व ज्योतिषमहासंघको विधानको परिच्छेद ११को दफा ९३ उफा त माप पञ्चाङ्ग निर्णय समिति रहने प्रवाधानअनुसार महासंघको केन्द्रियतथा अन्तर्रा्ष्ट्रिय निकायको रुपमा अन्तर्रा्ष्ट्रिय पञ्चाङ्ग निर्णय समिति सन्चालनका लागी विधानको दफा७४को अधिकार प्रयोग गरी यो अन्तर्रा्ष्ट्रिय पञ्चाङ्ग निर्णय समिति सन्चालन नियमावली २०७५जारी गरिएको छ ।

१. विश्व ज्योतिष महासंघको विधान, नियम, निर्दे्िशका, निर्देशनको परिधिभित्र रही यो अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समिति सन्चालन गरिनेछ ।

२.क. कार्य समितिको गठन गर्दा वढीमा ७ सदस्य रहेको महासंघका आजिवन सदस्यमध्येबाट चयन गरी गठन गर्ने । ख. यस कार्य समितिमा महासंघको केन्द्रिय अध्यक्ष, केन्द्रीय, पञ्चाग विभागप्रमुख, गणित समितिको सभापति ,धर्मशास्त्र समितिको सभापतिको पदेन प्रतिनिधित्व हुनेछ । ग. सदस्य सचिवको जिम्मेवारी महासंघको केन्द्रले तोकेको केन्द्रिय पदाधिकारी वा सदस्यले गर्नेछ । घ. जुन स्थानका लागि पञ्चाङ्ग निर्णय गरिने हो त्यस स्थानमा गठन भएको विश्व ज्योतिष महासंघको सम्पर्क कार्यलय प्रमुख , स्थानीय महासंघको शाखाप्रमुख अथवा विश्व ज्योतिष महासंघमा आवद्ध सस्थाको प्रमुख ले तोकेको व्यक्तिकार्य समितिको वैठकमा पदेन पतिनित्विहुनेछ । सम्पर्क कार्यलय प्रमुख वा शाखा प्रमुख अथवा आवद्ध सस्थाले तोकेको व्यक्ति उपस्थितहुन नसकेमा प्रमुखले तोकेको व्यक्ति आमन्त्रित हुनेछ । ङ. समितिका पदाधिकारीमा सभापति १, उपसभापति १,सदस्य सचिव १,कोषाध्यक्ष १ र अन्य सदस्यहुनेछन् ।

३.समितिको काम र कतवर््य :

क. विश्वका कुनै पनि देशमा गठन भएको महासंघको सम्पर्क कार्यलय वा शाखाका लागी गणित समितिले दिएको गणना अनुसार पञ्चाङ्ग सम्वन्धि निर्णय र निर्देश गर्ने । गणित तथा निर्णयका लागी आवस्यकखर्च तथाश्रोत साधनको व्यवस्था महासंघको सम्पर्क कार्यलय वा, शाखावामहासंघमा अवद्धसस्थाले जुटाएर यस समितिको कोषमाजम्मा भएपछि निर्णायक सभा वोलाइनेछ ।

ख. सनातन रुपमाचलिआएकाधर्म सस्कृति ,चाड,पर्व मनाउने समयको निक्र्यौल गरी विश्वका विधिन्न स्थानमा वसोवास गर्ने सनातन धर्मावलम्वीहरुले सहीतिथी र समयमा सनातनकार्य गर्ने शास्त्रीय निर्णय गर्न विभिन्न विज्ञ हरुलाई आमन्त्रण गरी पञ्चाङ्ग निर्णायक सभामा बाट निर्णय गर्ने गराउने ।

४. वैक खाता सन्चालन विधानको दफा ५५ अनुसार गर्ने ।

५.वार्षिक आयव्यय लगायतका प्रतिवेदन केन्द्रमा पठाउने ।

६. यसको सचिवालय केन्द्रीय सचिवालय संगै रहने ।

७. यस समितिको आफनो कोष हुनेछ । वार्षिक खर्च र सरकारी कर कट्टा गरी वचेको आयको १५ प्रतिशत केन्द्रीय कोषमा जम्मागर्ने । यसको सिफारिसमा वनेका आजिवन सदस्यता शुल्कमा ३५ प्रतिशत आफ्नो कोषमा राखि ६५ प्रतिशत केन्द्रमा पठाउने ।

८.यसका पदाधिकारी सदस्यहरु सभा,सम्मेलनमा विदेश जादा केन्द्रिय कार्य सम्पादनलाई जानकारी गराएर जाने ।

९. यस समितिलाई दर्विलो पार्न आर्थिक श्रोत जुटाउने । केन्द्रको सहमति वेगर गरिएको आर्थिक दायित्वको जिम्मेवारी केन्द्रको हुनेछैन ।

१०.निस्कृय या महासंघलाई हानि ,नोक्सानी पार्नेलाई समितिले वा केन्द्रीय कार्य समितिले हटाउन सकिनेछ ।

११.क.विधान र यो नियामवलीको परिधिमा रही यस समितिले आवस्यक कार्य विधि वनाउन सक्नेछ । ख. यो नियमावली केन्द्रिय महासभाको वहुमतले संसोधनगर्न सक्नेछ । ग.यस नियमावलीमा उल्लेख नभएको विधानतः हुनेछ ।