तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
मलेसियाको WRP कम्पनीमा कार्यरत एक नेपाली कामदार बिहीवार साँझ ब्यबहारिसे अबस्थामा बाटोमा मुखबाट फिज निकाली रहेको अबस्थामा फेला परेका छ्न ।
मलेसियाको तामन सेमराक नेलाइ मा ब्यबहारिसे अबस्थामा सामाजिक अभियानता फुर्बा दोर्जे शेर्पाले देखेपछी उद्घारका लागि एम्बुलेन्स लाई खबर गर्ने तयारीमा रहदा अचानक एम्बुलेन्स आएर सेरेम्बान हस्पिटल लगिएको फुर्बा दोर्जे शेर्पा ले जानकारी दिए ।
तमाङ का अनुसार उनको साथमा प्रमाण खुल्ने कागजात भएपनी बहादुर केशी मात्रै आफुले हेर्न पाएको बताए।



















