तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
चाइनिज नयाँ बर्षको अबसरमा हुनलागेको २१ औं फ्रेन्डसीप धमकाको लागि नेपाल बाट कलाकारको टोलि आज बिहानै मलेसिया आइपुगेको छ।
फ्रेन्डसीप धमकाले पटकपटक मलेसियाका विभिन्न स्थानहरुमा रहेका लाखौं नेपाली लाई समय-समयमा नेपाली चर्चित कलाकार हरु ल्याएर मनोरञ्जन दिदैे आएको छ । फ्रेन्डसीप धमाका ग्रुपले मलेसियामा आगामी फेब्रुअरीमा पनि चाइनिज नयाँको अबसर पारेर २१ औ फ्रेन्डसीप धमाका गर्ने भएको छ ।
आगामी फेब्रुअरी ३ तारीख आइतबारका दिन इपु पेराक देवान हल , ५ फेब्रुअरी मंगलबार SJK चाइनिज स्कुल देवान हल बातुपहाड र फेब्रुअरी ६ बुधबार ओसियन मलका मलका देवान हल मलकामा हुने कार्यक्रम को सम्पुर्ण तयारी सकिसकेका आयोजक टिम ले जानकारी दिए।
कार्यक्रमका लागी नायिका बेनिसा हमाल , चर्चित नायक बिराज भट्ट ,लोक गायिका सरु थापामगर ,हास्य कलाकार /जादुगर सेर बहादुर गुरुङ ,गायक कृष्ण काफ्ले गायक प्रकाश राई,हास्यकलाकार गिता नेपाल र गायिका बबिता राई आज बिहानै आइपुगेका छन। थुप्रै कलाकार कार्यक्रम मा अनुपस्थित भैरहदा कार्यक्रम हुने मिति अगाबै फ्रेन्डसीप धमका कार्यक्रम आयोजकले कलाकार लाई मलेसियामा ल्याएको आयोजक कृष्ण पुलामिले जानकारी दिए।
कार्यक्रममा स्थानीय कलाकार ले समेत भरपुर मनोरञ्जन दिने उक्त कार्यक्रम फ्रेन्ड सीप धमाका का डाइरेक्टर कृष्ण पुलामी ( कृस) ले जानकारी दिए।



















