
साजन शर्मा, मलेसिया ।
मलेशिया जहाँ करीब ७ लाख नेपालिहरु कार्यरत छ्न ति हरेक नेपालीहरु कडा परिश्रमका साथ मलेसियाको विभिन्न क्षेत्रमा कार्यरत छ्न । घरदेखी टाढा भएको पिडाको माझ आफुलाई असुरक्षित ठानिरहेका छन र हरेक ब्यक्ति को मनमा एउटा प्रस्न छ कहिले सम्म बिदेश र बिदेश बाट फर्केपछि गर्ने के ? सरकार ले विभिन्न किसिमका योजनाहरु को घोषणा गरेपनि ती योजनाहरु केवल कागज मा मात्र सिमित छ्न र अधिकांस योजनाहरु बाट लाभ प्राप्त गर्न धेरै कठिन रहेको मलेसियामा कार्यरत युवाहरू बताउँछन ।
यसैबिच स्वदेशमै रोजगारीको बाताबरण बनाउने उदेश्यका साथ मलेशियामा बस्ने थारु समुदायका युवाहरूले नेपालमा ट्रेड सेन्टर खोल्ने तयारी गरिरहेका छन। नयाँ बर्ष २०१९ को अवसरमा प्रवासी थारु सेवा समाज मलेसियाका प्रतिनिधि तथा अगुवाहरुको उपस्थितिमा एक छलफल सम्पन्न भएको छ । उक्त छलफल मा मलेशियामा कार्यरत थारु युवालाई नेपाल फर्केपछि स्वोरोजगार बनाउने उदेश्यले बुटवलमा ट्रेड सेन्टरको कार्यालय खोलेर करिब १ करोड को लगानीमा फेन्सि, गिफ्ट र कस्मेटिक को थोक तथा खुद्रा ब्यापार संचालन गर्नुका साथै विभिन्न जिल्लाहरुमा शाखा खोल्ने भएका छन। सो ट्रेड सेन्टर संचालन को नेतृत्व प्रवाशी थारु सेवा समाज का अध्यक्ष मनिराम थारु ले गर्नुहुनेछ भने तालीम तथा ब्यापार ब्यवस्थापन सम्बन्धि कार्य संस्था का सल्लाहकार रमेश कुमार पजियार थारु ज्युले गर्नुहुनेछ । ट्रेड सेन्टर को लगानी मलेशियामा बस्ने थारुहरुको सयुक्त लगानीमा मा संचालन हुनेछ। संस्थाका अध्यक्षका अनुसार यस् ट्रेड सेन्टर उदेश्य थारु युवाहरूलाई आत्मनिर्भर बनाउनुको साथै समाजमा राम्रो पहिचान दिलाउनु हो बिशेष गरि मलेशिया बाट फर्केका र फर्किने सोच बनाईरहेका थारु युवाहरूको लाइ यो योजनाले एकदमै मदत मिल्नेछ। यस ट्रेड सेन्टर को सदस्यता मलेशियामा बस्ने थारुहरु वा नेपाल फर्किसकेका थारु युवाहरूले लिन सक्नुहुनेछ। साथै ट्रेड सेन्टर संचालन को लागी विभिन्न संस्था तथा प्रोजेक्ट मा काम गर्दैआइरहनु भएका संस्थाका सल्लाहकार रमेश पजियार थारु ज्यु ले ३ लाख नेपाली रुपैया आर्थिक सहयोग गर्नुभएको छ । त्यसैगरी संस्थाका बर्तमान अध्यक्ष मनिरामा थारु ज्यु ले स्वदेश तथा बिदेशमा रहेका बढी भन्दा बढी थारु युवाहरूलाई सहभागिता को लागी अनुरोध गर्नुभएको छ । साथै यस ट्रेड सेन्टर सम्बन्धि कुनै पनि जानकारी को लागी तल उल्लेखित फोन नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ। मनिराम थारु सम्पर्क नम्बर- +6019-7936843 रमेश कुमार पजियार थारू – +60142114705
पर्शुराम थारु – +60124707478



















