क्वालालम्पुर (मलेसिया):= प्रियसी म्युजिक प्रा.लि. नेपालको आयोजनामा ‘पाँचौँ सिल्भर इन्टरनेशनल म्युजिक अवार्ड–२०२६ तथा विविध सांस्कृतिक कार्यक्रम’ मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना हुने भएको छ।
आयोजकका अनुसार कार्यक्रम सेप्टेम्बर ६, २०२६ (आइतबार) दिउँसो २ बजे क्वालालम्पुरस्थित ग्रान्ड कन्टिनेन्टल होटलमा हुनेछ। कार्यक्रममा नेपालसहित थाइल्यान्ड, सिंगापुर र मलेसियाका कलाकार तथा सांगीतिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहनेछ।
कार्यक्रममा वरिष्ठ कलाकार हिउँबाला गौतम, गीता नेपाल, रश्मि पाण्डे , त्यस्तै अमृत सार्की, स्मृति गौतम, कल्पना बुढी, सीमा थापा, अर्जुन खरेल, नवीन परियार, अपुरप गौतम, अन्जान शर्मा, धर्मराज न्यौपाने, सिमा थापा , रुपक परियार, कल्पना वलि, चक्रधोज भण्डारी, प्रनिता तामाङ , डेभिट घिमिरे लगायतका कलाकार तथा गायक–गायिकाहरूको विशेष उपस्थिति रहनेछ।
कार्यक्रमको अध्यक्षता **प्रियसी म्युजिक प्रा.लि.की अध्यक्ष कविता श्रेष्ठ (मलेकु)** र राजेन्द्र पुरीले गर्नेछिन् भने पुरन राजकोटी मगर कार्यक्रम उद्घोषकका रूपमा रहनेछन्। प्राइम टेलिभिजनका पत्रकार तथा कार्यक्रम प्रस्तोता ऋषि थापालियाको समेत कार्यक्रममा सहभागिता रहनेछ।
आयोजकले कार्यक्रमको समाचार सम्प्रेषण तथा अतिथिका रूपमा उपस्थितिका लागि मलेसियामा रहेका संघसंस्था र सञ्चारकर्मी नेपालीहरुलाई समेत औपचारिक निमन्त्रणा गरेको छ। कार्यक्रमलाई नेपाली जनसम्पर्क समिति मलेसिया, नेपाल एयरलाइन्स, RTFC, NB–समाइलो मार्ट, NNRFC Malaysia, NEASIA Holidays लगायत विभिन्न संस्थाले सहयोग तथा साझेदारी गरेका छन्।
त्यस्तै Malaya Khabar लगायतका सञ्चारमाध्यम तथा संस्थाहरू मिडिया पार्टनरका रूपमा जोडिएका छन्। प्रियसी म्युजिक प्रा.लि.ले नेपाली संगीत तथा कला क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित अवार्ड तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।




















