काठमाडौं । पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था स्थिर तथा सुधारोन्मुख रहेको अस्पतालले बताएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै नर्भिक अस्पतालले उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो ।
गत माघ १४ गते हृदयाघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व पुवराज पारसको स्वास्थ्य सुधारोन्मुख र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
उनलाई आज अपरान्ह सी.सी.यु. बाट क्याविनमा सारिएको छ ।



















