२० जनवरी २०१९
सुनाखरी मगर
क्वालालम्पुर मलेसिया
मलेसिया को राजधानी केपोङ्ग स्थित शनिबार बेलुकी एउटै कम्पनी मा कार्यरत म्यानमार र नेपाली बिच विवाद हुँदा छुरा प्रहार बाट एक नेपालीको मृत्यु भएको छ भने एक नेपाली सख्त घाइते भएको छ।
मृत्यु हुनेमा ललितपुर जिल्ला कोन्चेसोम गाउपालिका वडा नम्बर ३ को इन्द्र तामाङ हुन। उनी सोही अपार्टमेन्ट मा सुरक्षागार्ड मा कार्यरत थिए। नेपाली र म्यानमार नागरिक बिच झगडा भएपछि भएपछि उनी त्यहाँ तत्काल पुगेको थिए । उनिहरु लाई छुट्याउनु खोज्दा छुरा प्रहार बाट उनको घटनास्थलमै नै मृत्यु भएको थियो।
अर्को घाइते हुनेमा झापा निबासी लाल बहादुर लिम्बू हुन,उनलाई राती नै तत्काल अस्पताल भर्ना गरिएको। छुरा प्रहार गर्ने म्यानमार नागरिक भने तत्काल फरार भएको छ ।



















