मुक्तक
१
महिला राष्ट्रपति भए पनि बलात्कार भैरह्यो
नारी माथि हुने हत्या हिंसा अत्याचार भैरह्यो
नेताहरु कुर्सी तान्नमा ब्यस्त भएको छ त्यसैले
हाम्रो देशमा विभित्र दुर्घटनाहरु बारम्बार भैरह्यो ।
२
हरेक समाजबाट जातियभेदभाव हट्नु पर्छ
गरिब माथि हुने अपमानहरु पनि घट्नु पर्छ
पुरानो रुडिवादि चलन हटाउनका लागि अब
हामी युवा युवाती नै एक जुट भइ खट्नु पर्छ।
३
नारी पुरुष बिच सम्मान अधिकार हुनुपर्छ
सबै नेपालीको सकारात्मक बिचार हुनुपर्छ
हाम्रो देश पनि धेरै अघि बढ्नेछ हरेक युवा
युवतीलाई केही रोजगारको आधार हुनुपर्छ ।
४
आफु भन्दा सानो जातसँग बिहे गर्छु अब
उसैको हातबाट मेरो खाली सिउदो भर्छु अब
मलाई यो मेरो पापी समाजले जति सुकै
घृणा गरे पनि उसकै काखमा मर्छु अब
५
अझै पनि जातीय भेदभाव गर्दैछ मेरो समाज
पुरानै चलेको रुडिवादिमा पर्दैछ मेरो समाज
शरिरमा बग्ने रगत र फेर्ने सासमा के फरक
छ किन मनमा कुबिचार भर्दैछ मेरो समाज
जेसिका श्रेष्ठ
तीन नम्बर प्रदेश रामेछाप



















