काभ्रे सेवा समाज मलेसियाले प्रथम वार्षिक उत्सव फेब्रुअरी ६ मा मनाउँदै

क्वालालम्पुर – “सम्पुर्ण काभ्रेली एक हौं ” भन्ने मुल नाराका साथ गठित काभ्रे सेवा समाज मलेसियाले विभिन्न संस्कृति कार्यक्रम गरी प्रथम वार्षिक उत्सव मनाउने भएको छ । प्रवासमा रहेका काभ्रेलीहरुले काभ्रे समग्र विकासका लागि गठन भएको हो । मलेसियाका लागि नेपाली कार्यबाहक राजदूतले कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा संवोधन गर्ने कार्यक्रम रहेको छ ।

आगामी ६ फेब्रुअरीका दिन मलेसियाको राजधानी क्वालालम्पुर स्थित ग्राण्ड कन्टिनेन्टल होटलमा हुन गइरहेको उक्त कार्यक्रममा मलेसियाका सबै नेपाली संघसंस्था, समुदायबाट अतिथीहरु सहभागी हुने जनाइएको छ ।

मलेसियामा रहेर पनि नेपाली गित संगीतलाई माया गर्ने नेपाली सेलो संगितका ख्याति प्राप्त कलाकारहरु गायक तर्फ कोष बोम्जन, रमित लामा, जीवन थोकार, अशिम लामा, छेवाङ लामा, मोडल तर्फ साईली तामाङ ( सन्जाना), सोनाम तामाङ, गणेश तितुङ तामाङ, अशोक लामा, बिपाना मोक्तान रहेको छ भने डान्सर तर्फ बिमाली तामाङ, पाल्देन थिङ, मनिषा वाइबाको समेत प्रस्तुति रहने र कार्यक्रम सञ्चालनमा क्लेबर सिँ र श्याम तामाङ र रहने संस्थाका कार्यबाहक अध्यक्ष ज्ञानु मोक्तानले जानकारी दिए ।

विभिन्न प्रतिभा देखाउने कलाकारहरूलाई संस्थाको मायाको चिनो स्वरूप सम्मान प्रमाणपत्र वितरण गर्ने पनि बताउनु भयो ।
विदेशमा स्थापित सबै नेपाली संघसंस्थाहरुको अन्तिम उदेश्य भनेको नेपाल र नेपालीको हित नै हो । यहाँका सबै संस्थाहरुलाई कार्यक्रममा उपस्थितको लागि हार्दिक अनुरोध गरिएको तर कुनै प्राविधिक कारणले सुचना पुग्न नसकेको भए कार्यक्रममा उपस्थित हुन काभ्रे सेवा समाज मलेसियाका कार्यबाहक अध्यक्ष ज्ञानु मोक्तानले सबैलाई आग्रह गरेका छन् ।