झापाली समाज दक्षिण कोरियाको अधिवेशन फ्रेब्रुअरी ३ मा हुने

दक्षिण कोरिया । झापाली समाज दक्षिण कोरियाको छैटौं अधिवेशन आगामी फ्रेब्रुअरी ३ तारिखका दिन हुने भएको छ।

कोरियाको माहान चाड सलनालको अबसर पारेर समाजले अधिवेशन गर्न लागेको हो।

दक्षिण कोरियाको सउलको दुङदेमुन स्थित नेपाल हाउसमा आयोजना हुने उक्त अधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरु बनाई तयारी तिब्र पारिएको आयोजकले जनाएको छ।

यो समाजले कोरियामा दुखमा परेका नेपालीहरुलाई सहयोगका साथै काम छाडेर बसेकाहरुका लागि सेल्टरको सन्चालन गरिरहेको छ।

यसका साथै नेपालका विभिन्न सामाजिक काममा पनि आर्थिक सहयोग गर्दै आएको अधिवेशनबारे गत जनवरी १२ तारिखका दिन सुवनमा बसेको कार्यसमितिको अन्तिम बैठकले अधिवेशनको मिति तय गरेको हो।

बर्तमान उपाध्यक्ष युवराज दाहालको संयोजकत्वमा आर्थिक समिति, सह सचिव देवेन्द्र पोखरेलको संयोजकत्वमा हल ब्यवस्थापन समिति, त्यस्तै प्रचार प्रसार समिति लगायत अन्य समितिहरु पनि गठन गरिएको छ।

बिगतका वर्षहरुमा झैँ यस वर्ष पनि फेब्रुअरी ३ तारिखका दिन बिहान सउलको दुङदेमुनमा सारसफाई गर्ने कार्यक्रम रहेको र १२ बजे अधिवेशन सुरु हुने समाजका अध्यक्ष राजु सन्तोसी थापाले बताए।

साथै अध्यक्ष थापाले कोरियामा रहेका सम्पुर्ण झापालीलाई उपस्थित भैइदिन आग्रह पनि गरेका छन्।