मलेशियाबाट मानसिक संतुल गुमाएका नरेन्द्र थापा मगर को उद्वार ।

मलायाखबर क्वालालम्पुर मलेसिया

दैलेख जिल्ला गुराँस गाउँपालिका-५ का नरेन्द्र थापा मगर मलेशिया स्थित नेपाली राजदुतावास को विशेष सहयोगमा बुधबारको नरेन्द्र स्वदेश फर्केका छन।

करिब १० महिना अगाडि नेपालबाट मलेशियाको जोहोर शहरको चेम्बेरलाङ स्थिति MEIBAN TECHNOLOGIES SDN BHD मा आएका उनि मलेसिया आएको ६ महिना पश्चात् आफ्नो मान्सिक असन्तुलन बिग्रदा अलपत्र परेका थिए ।

नरेन्द्र लाई धादिङका कुमार तमाङ ले फेला पारेका थिए। परोपकारी मन भएका केही सज्जन ब्याक्तिहरुको सम्लग्नता मा उन्लाइ स्वदेश फर्काउनका लागि मलेसिया सरकार को प्रचलित  कानुनी प्रक्रिया र यहाँ तिर्नु पर्ने रकम ११०० रिङ्गेट साथै टिकट नेपाल एम्बिसी मलेसिया ले उपलब्ध गराएको NRNA मलेसिया जोहोर समितिका सचीव अर्जुन अनुरागिले जानकारी दिए।

नरेन्द्र नेपाल पुगेपछि उनलाई नेपालमा उपचार, उनका छोराछोरीको लालनपालनको व्यवस्थापनका लागि स्थानीय सरकारका प्रतिनिधि हरुले प्रतिबद्धता जनाएको उद्वार कार्यमा सम्लग्न भएका तेजबहादुर कार्की ले जानकारी दिए।