मलेसियामा पहिलोपटक ‘तामाङ समाज गोल्डकप’ हुँदै, विजेतालाई २० हजार रिंगेट।

पेनाङ (मलेसिया):= मलेसियाको पेनाङमा पहिलोपटक ‘तामाङ समाज गोल्डकप–२०२६’ आयोजना हुने भएको छ। नेपाल तामाङ समाज मलेसियाको आयोजनामा आगामी नोभेम्बर ८ र ९ तारिख पेनाङस्थित Stadium Mini Permatang Rawa Bukit Mertajam मा प्रतियोगिता सञ्चालन हुने भएको हो।

फुटबल खेलमार्फत नेपालीहरूबीच आपसी सम्बन्ध र एकता जोड्दै तामाङ समाजको पहिचान, संस्कृति र गौरवलाई प्रवासमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले RM २०,०००उपविजेताले RM १०,००० नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीका लागि टिम दर्ता खुला गरिएको आयोजकले जनाएको छ।

फुटबलले जोड्छ नेपालीको मन, तामाङ समाज हाम्रो शान’ भन्ने नारासहित आयोजना हुने गोल्डकपमा गायिका जितु लोचन तामाङ, गायक विशाल काल्तान तथा मोडल–डान्सर सञ्जना गुरुङलगायतको समेत विशेष सहभागिता रहने पोस्टरमा उल्लेख छ।

टिम दर्ता तथा थप जानकारीका लागि डेभिड लामा (+60 12-240 9178), आरोश तामाङ (+60 14-635 9531), श्याम तामाङ (+60 17-544 5322) र आश्रम बज्यु (+60 11-3900 6986) लाई सम्पर्क गर्न सकिनेछ।