संघर्षदेखि सफलतासम्म: मलेसियामा सफल नेपाली व्यवसायी तथा समाजसेवी राकेश महतो “आरके”

“मिहिनेत गर्ने व्यक्ति कहिल्यै असफल हुँदैन।” यो भनाइलाई आफ्नो जीवनमार्फत सत्य सावित गर्ने व्यक्तित्व हुन् राकेश महतो “आरके”। नेपालको मधेस प्रदेश, बारा जिल्ला, महागढीमाई नगरपालिका–१, बरियारपुर मा एक सामान्य परिवारमा जन्मिएका महतो आज मलेसियामा सफल नेपाली व्यवसायी, समाजसेवी तथा प्रवासी नेपाली समुदायका प्रभावशाली नेतृत्वकर्ताका रूपमा परिचित छन्।

साधारण परिवारबाट आफ्नो यात्रा सुरु गरेका उनले जीवनका अनेकौं संघर्ष, चुनौती र अभावलाई अवसरमा बदल्दै सफलता हासिल गरेका छन्। उनी विश्वास गर्छन् कि सफलता कुनै संयोग होइन, निरन्तर मिहिनेत, इमानदारी, धैर्यता र आत्मविश्वासको प्रतिफल हो।

मलेसियामा सफल व्यवसायिक यात्रा

करिब २३ वर्षदेखि मलेसियालाई कर्मभूमि बनाएका राकेश महतोले अथक परिश्रम र दूरदर्शी सोचका साथ व्यवसायिक साम्राज्य निर्माण गरेका छन्। उनले आर.के. मेन्तरी एसडीएन. बीएचडी., आर.के. जनरल स्टोर, एजेन्सी पाकिर्जन, आर.के. ग्रुप, आर.के. पेलोन्तोङ स्टोर, आर.के. ब्रोदर्स लगायत विभिन्न कम्पनी तथा व्यवसाय सञ्चालन गर्दै आएका छन्।

मलेसियामा करोडौं रुपैयाँ बराबरको लगानी गर्दै उनले व्यापार विस्तार मात्र गरेका छैनन्, धेरै नेपाली तथा अन्य नागरिकलाई रोजगारीका अवसरसमेत उपलब्ध गराएका छन्। नयाँ–नयाँ क्षेत्रमा लगानी गर्दै व्यवसायलाई थप विस्तार गर्ने उनको अभियान निरन्तर जारी छ।

प्रवासी नेपालीहरूको नेतृत्वमा अग्रणी भूमिका

व्यवसायसँगै राकेश महतो सामाजिक तथा संस्थागत नेतृत्वमा पनि उत्तिकै सक्रिय छन्। उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका पूर्व अध्यक्ष हुन्।

उनको मलेसिया लगायत नेपालमा नेतृत्व क्षमता, संगठनप्रतिको समर्पण र समाजसेवामा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधानको दफा २७(२) बमोजिम अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को १३–१४ जुन २०२६ मा सम्पन्न ११औँ बैठकले उनलाई एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय उप–संयोजक (DRC) पदमा मनोनयन गरेको हो।

यस जिम्मेवारीसँगै उनले एसिया–प्रशान्त क्षेत्रका प्रवासी नेपालीहरूको हित, अधिकार, एकता र संगठनलाई थप सशक्त बनाउने कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।त्यसैगरी, उनी नेपाली जनसम्पर्क समिति मलेसियाका उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि समेत हुन्।

नेपालमा पनि व्यवसाय विस्तार

मलेसियामा सफल व्यवसाय स्थापित गरिसकेपछि राकेश महतोले नेपालमा पनि आफ्नो लगानी विस्तार गरेका छन्। बारा जिल्ला तथा आसपासका क्षेत्रमा उनले धेरै बिघा जमिनमा आधुनिक कृषि प्रणालीमार्फत धान खेती सञ्चालन गरिरहेका छन्। साथै, माछापालन तथा अन्य कृषि व्यवसायमा पनि सक्रिय छन्।

नेपालमा उनले आर.के. सप्लायर्सआर.के. एण्ड सन प्रा.लि. सञ्चालन गर्दै स्वदेशमै उत्पादन वृद्धि, कृषि आधुनिकीकरण तथा रोजगारी सिर्जनामा योगदान पुर्‍याइरहेका छन्।

समाजसेवामा समर्पित व्यक्तित्व

राकेश महतो सफल व्यवसायी मात्र होइन, मानवीय सेवामा विश्वास गर्ने समाजसेवी पनि हुन्। मलेसियामा समस्यामा परेका नेपाली श्रमिकहरूको उद्धार, हक–अधिकारको संरक्षण तथा आवश्यक सहयोगका लागि उनी निरन्तर सक्रिय रहँदै आएका छन्। अलपत्र परेका नेपालीलाई आफ्नै पहलमा हवाई टिकट उपलब्ध गराई सुरक्षित रूपमा स्वदेश फर्काउन उनले धेरैपटक सहयोग गरेका छन्।

आफ्नो जन्मभूमिप्रतिको दायित्वलाई आत्मसात गर्दै उनले आफ्नै नगरपालिकामा महागढीमाई फाउन्डेसन स्थापना गरेका छन्। उक्त फाउन्डेसनमार्फत शिक्षा, स्वास्थ्य, राहत, विपद् व्यवस्थापन तथा विभिन्न सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

विशेषगरी सन् २०१९ को कोरोना महामारी का बेला उनले नेपाल र मलेसियामा रहेका सयौं पीडित परिवारलाई राहत सामग्री, खाद्यान्न तथा अत्यावश्यक सहयोग उपलब्ध गराई मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका थिए।

उनको जीवन दर्शन

राकेश महतो भन्छन्:

“मानिसको जीवनमा समस्या, चुनौती र उतारचढाव आइरहन्छन्। तर समस्यालाई सही ढंगले पहिचान गरी सकारात्मक सोच, निरन्तर मिहिनेत र दृढ आत्मविश्वासका साथ अगाडि बढ्न सकेमा जुनसुकै सफलता हासिल गर्न सकिन्छ।”

प्रेरणाको स्रोत

आज राकेश महतो “आरके” को जीवनयात्रा संघर्ष, इमानदारी, नेतृत्व, उद्यमशीलता र समाजसेवाको प्रेरणादायी उदाहरण बनेको छ। सामान्य परिवारबाट सुरु भएको उनको यात्रा आज हजारौं नेपाली युवाका लागि प्रेरणाको स्रोत बनेको छ। स्वदेश र विदेश दुवै ठाउँमा व्यवसाय, कृषि, समाजसेवा र प्रवासी नेपालीहरूको हकहितका लागि निरन्तर क्रियाशील रहँदै आएका महतोले सफलताको वास्तविक अर्थ केवल व्यक्तिगत उपलब्धि नभई समाजलाई पनि योगदान दिनु हो भन्ने सन्देश दिएका छन्।