मलेसियाली प्रहरी संगठनद्वारा ३५ वर्षे गौरवपूर्ण सेवा गरेका तान श्री आयोब खानलाई भव्य सम्मानसहित बिदाइ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाली शाही प्रहरी (PDRM) का पूर्व उच्चपदस्थ अधिकारी तान श्री आयोब खान म्यादिन पिचाय को ३५ वर्षे उत्कृष्ट सेवाको सम्मानमा आइतबार राति सनवे रिसोर्ट होटल, बन्दर सनवे मा भव्य “Dining Out” समारोह आयोजना गरिएको छ।

मलेसियाली प्रहरीका महानिरीक्षक (IGP) तथा PDRM Mes का अध्यक्ष तन श्री दातो’ सेरी मोहम्मद खालिद हाजी इस्माइल र उनकी पत्नी पुआन श्री डाटुक (डा.) मुनिराह चे रोज को उपस्थितिमा सम्पन्न कार्यक्रममा आयोब खान तथा उनकी पत्नी पुआन श्री दातो’ जालेना मोहद अरिफिन लाई विशेष सम्मान अर्पण गरिएको थियो।

“Leadership Defined, Legacy Endures” भन्ने मूल नारासहित आयोजित समारोहमा आयोब खानको ३५ वर्ष लामो सेवायात्रा, नेतृत्व क्षमता, राष्ट्रको सुरक्षाप्रतिको समर्पण तथा प्रहरी संगठनमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक मोहम्मद खालिदले आयोब खानलाई इमान्दार, सिद्धान्तनिष्ठ, निडर र कानुन कार्यान्वयनमा दृढ अडान राख्ने नेता का रूपमा वर्णन गरे। उनले पद वा हैसियतभन्दा माथि उठेर सधैं व्यावसायिकता र निष्पक्षतालाई प्राथमिकता दिएको बताए।

उनले समारोहको नाराले साँचो नेतृत्वले व्यक्तित्व निर्माण गर्ने र असल मूल्य, सिद्धान्त तथा योगदानले भविष्यका पुस्तालाई प्रेरणा दिने सन्देश बोकेको उल्लेख गर्दै आयोब खानको नेतृत्व PDRM का सम्पूर्ण सदस्यका लागि प्रेरणाको स्रोत रहने विश्वास व्यक्त गरे।

यस अवसरमा आफ्नो विदाइ मन्तव्य राख्दै तन श्री आयोब खान ले प्रहरी संगठनका सदस्यलाई भावुक सन्देश दिँदै भने,

“माथि को बस्यो भन्ने कुरामा मात्र ध्यान नदिनुहोस्, तलबाट कसले हेरिरहेको छ भन्ने पनि सम्झनुहोस्। समाजले हाम्रो काँधमा कति तारा छन् भनेर होइन, हामी कति न्यायपूर्ण छौं भनेर मूल्याङ्कन गर्छ।”

समारोहमा आयोब खानको ३५ वर्षे सेवायात्रा समेटिएको विशेष भिडियो प्रदर्शन गरिएको थियो भने उनको समर्पण, त्याग र उल्लेखनीय योगदानको कदरस्वरूप सम्मान–चिन्ह समेत प्रदान गरिएको थियो।

कार्यक्रममा कार्यवाहक उप–प्रहरी महानिरीक्षक तथा विशेष शाखाका निर्देशक दातो’ श्री इब्राहिम दारुस, प्रहरी विभागका वरिष्ठ अधिकारीहरू, साबाह र सारावाकका प्रहरी आयुक्त, विभिन्न राज्यका प्रहरी प्रमुख तथा PDRM का अवकाशप्राप्त अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

NEWS AND PIC SOURCE : PDRM MALAYSIA TEAM